|
|
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
१८ साउन, झापा । एक निजी अस्पतालमा शल्यक्रिया गरेर एक महिलाको पाठेघरमा रहेको साढे पाँच किलोग्रामको टयुमर निकालिएको छ । इलाम कोलबुङ-४ देउराली घर भएकी ४८ वर्षीया विष्णुमाया राईको पाठेघरबाट शल्यक्रियामार्फत चिकित्सकले त्यति ठूलो टयुमर निकालेका हुन् । भद्रपुरको ओमसाई हस्पिटलमा राईको शल्यक्रिया गरिएको हो ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा जयकुमार ठाकुरले दुई घन्टा लामो शल्यक्रिया गरेर टयुमर निकाल्न सफलता पाएको अस्पतालले जनाएको छ । पच्चिस र ३० वर्षका दुई सन्तानकी आमा राई टयुमरका कारणले छ महिनादेखि अस्वाभाविक ढङ्गले पेट दुख्न र बढ्न थालेपछि उपचारका लागि अस्पताल आएकी थिइन् । बेलैमा उपचार नगरेको भए टयुमरका कारण रक्तस्राव र दुखाइबाट बिरामीको ज्यानसमेत जान सक्ने जोखिम रहेको उपचारमा संलग्न चिकित्सक बताउँछन् । रासस

0 comments:
Post a Comment