|
|
सिन्धुली । सिन्धुलीको कमलानदी नदी पार गर्दै गरेका ७ जना तीर्थयात्रीहरुको बगेर सोमबार बिहान मृत्यु भएको छ । हत्पतेमा रहेको मधुगंगा महादेवको दर्शनका लागि त्यसतर्फ जाँदै गर्दा नदी पार गर्ने क्रममा बगेका ७ जनाको मृ्त्यु भएको हो भने ३ जना बेपत्ता भएका छन् । हत्पतेको गागन नजिकैबाट नदी पार गर्दा बगेका तीर्थयात्रीहरुको शव करिब सय मीटर तल फेला परेको स्थानीयबासीलाई उदृत गर्दै डकाहा प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकहरूको पहिचान खुल्न सकेको छैन् । उनीहरूसर्लाही र सीमापारी भारत सुरण्ड निवासी रहेको अनुमान गरिएको छ । नदी पार गर्ने क्रममा बग्दै गरेका १३ जनाको स्थानीयबासीले सकुशल उद्धार गरेको बताइएको छ । प्रहरीले अहिले नदी वारपार गर्न रोक लगाएको छ ।
|
|






0 comments:
Post a Comment