|
|
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
जेल तोडेर भाग्न खोजेको प्रहरीको आशंका
काठमाडौं । चेलीबेटी बेचबिखनको अपराधमा १ सय ७० वर्ष जेल सजायँ तोकिएका सिन्धुपाल्चोकका बजिरसिंह तामाङले जेलबाट भाग्ने योजना बनाएको खुलासा भएको छ । जेलबाट भाग्न खोजेका उनलाई सिन्धुपाल्चौकबाट चितवन कारागारमा सारिएको छ । जेलमा रहेका अन्य अपराधीसँग मिलेर उनले जेलबाट भाग्ने योजना बनाएको प्रहरी स्रोतको दाबी छ ।
विभिन्न ६ जना चेलीलाई भारतमा लगेर बेचेको आरोपमा बजिरसिंह विरुद्ध शक्ति समूहको सहयोगमा मुद्दा दायर गरिएको थियो । जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको इजलासले बजिरलाई ६ जना पीडितहरुको सजायँ खप्टेर १ सय ७० वर्षको जेल सजायँ तोकेको हो ।
नेपालमा सबैभन्दा बढी जेल सजायँ पाउने उनी पहिलो व्यक्ति हुन् ।भाग्न लागेको आशंकामा जेल सारिएका बजिरले आफूलाई जिल्ला अदालतले बढी सजाइँ गरेको भन्दै सजायँ घटाउन पुनरावेदनको प्रक्रिायासमेत अघि बढाएको स्रोतले बतायो ।
अनलाइन खबर बाट
जेल तोडेर भाग्न खोजेको प्रहरीको आशंका
काठमाडौं । चेलीबेटी बेचबिखनको अपराधमा १ सय ७० वर्ष जेल सजायँ तोकिएका सिन्धुपाल्चोकका बजिरसिंह तामाङले जेलबाट भाग्ने योजना बनाएको खुलासा भएको छ । जेलबाट भाग्न खोजेका उनलाई सिन्धुपाल्चौकबाट चितवन कारागारमा सारिएको छ । जेलमा रहेका अन्य अपराधीसँग मिलेर उनले जेलबाट भाग्ने योजना बनाएको प्रहरी स्रोतको दाबी छ ।विभिन्न ६ जना चेलीलाई भारतमा लगेर बेचेको आरोपमा बजिरसिंह विरुद्ध शक्ति समूहको सहयोगमा मुद्दा दायर गरिएको थियो । जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको इजलासले बजिरलाई ६ जना पीडितहरुको सजायँ खप्टेर १ सय ७० वर्षको जेल सजायँ तोकेको हो ।
नेपालमा सबैभन्दा बढी जेल सजायँ पाउने उनी पहिलो व्यक्ति हुन् ।भाग्न लागेको आशंकामा जेल सारिएका बजिरले आफूलाई जिल्ला अदालतले बढी सजाइँ गरेको भन्दै सजायँ घटाउन पुनरावेदनको प्रक्रिायासमेत अघि बढाएको स्रोतले बतायो ।
अनलाइन खबर बाट
|
|






0 comments:
Post a Comment