Wednesday, August 7, 2013

एमालेले बाजी मार्यो,कांग्रेस दोश्रो ,एमाओवादी चौथो ...

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस  

काठमाडौं ।नेकपा एमाले र एनेकपा माओवादी दल दर्ताको क्रममा पहिलो हुने प्रतिष्पर्धा गर्दै चर्को विवादमा उत्रिएका भएपनि अन्ततः एमालेले बाजी मारेको छ ।
संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आब्हान गरेकै दिन एमाले र एमाओवादीबीच पहिला कसले दर्ता गर्ने भन्ने विषयमा विवाद भएको थियो । आयोगले पछि निर्णय गर्ने भन्दै तत्कालका लागि विवाद साम्य पारेको थियो । आयोगले अन्तिम अवस्थामा दर्ता गरेकै आधारमा दलहरुको क्रम सार्वजनिक गरेको छ । आयोगले प्रकाशित गरेको सुचीमा एमाले पहिलो स्थानमा रहेको भने एमाओवादी चौथो स्थानमा छ ।
दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राप्रपा नेपाल, चौथोमा एमाओवादी र पाँचौमा नेपाल मजदुर किसान पार्टी रहेको हिमालय टाईम्सले खबर छापेको छ ।

0 comments:

Post a Comment