Tuesday, August 6, 2013

तितो सत्यका 'गैडा' एसरी भय गिरफ्तार ...

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस ,

करिब १९ वर्षमा ५ वटा फ्लप चलचित्र निर्माण गरेको भन्दै निर्मल शर्मा 'गैडा'ले आफैलाई एक अभियुक्त भनेका छन् । फेसबुकमा हतकडी लगाएको फोटो अपलोड गर्दै तितो सत्यका 'गैडा'ले आफुलाई एक चलचित्र अपराधी रूपमा चित्रित गरेका छन् । हास्य प्रधान चलचित्र 'छ एकान छ'को सुटिङ सकिए लगत्तै उनले उक्त फोटो फेसबुकमा अपलोड गरेका हुन् । फेसबुकमा पोष्ट गरिएको उक्त फोटोबारे निर्मल शर्मासँग राखेको जिज्ञासामा उनले आफुले उक्त फोटो मात्र मनोरञ्जनका लागि राखेको बताएका छन् । आफूले खेलेका तथा बनाएका चलचित्रहरूले राम्रो व्यापार गर्न नसकेको झोक उनले मनोरञ्जनका रूपमा प्रस्तुत गरेको अड्कल समेत काटिएको छ । नेपाली चलचित्रमा उत्कृष्ट चलचित्र बन्न नसकिरहेको बेला उनले आफुलाई चलचित्र अपराधीको रूपमा मनोरञ्जनका लागी प्रस्तुत गरेपनि यसले धेरै निर्माता तथा चलचित्रकर्मीलाई व्यङ्ग्य भने गरेको छ ।

0 comments:

Post a Comment