Friday, August 2, 2013

बेलायत बसेर पत्रकारको ज्यान लिने धम्की...

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

संचालित माइसंसार डट कमका सञ्चालक पत्रकार उमेश श्रेष्ठलाई बेलायतमा बसोबास गर्ने एक नेपालीले ज्यान लिने धम्की दिएका छन् । जुलाई २६ तारिखमा ब्लगमा विदेशमा बसेर देशको बदनाम गर्नेहरु शीर्षकको समाचार छापिएपछि बेलायत बस्ने नारायण तिमल्सिनाले ज्यान मार्ने धम्की दिँदै इमेल पठाएको श्रेष्ठले बताए ।

सुरुमा तिमिल्सिनाले  फेसबुक कुराकानीमार्फत श्रेष्ठलाई सम्पर्क गरी शरणार्थी केसमा सहयोग हुने हिसाबले नेपाल सरकारविरुद्ध लेखिएका लेख दुई वर्ष पुरानो मितिमा छाप्न आर्थिक प्रलोभन देखाएका थिए । श्रेष्ठले उनको आग्रहलाई सिधै अस्वीकार गर्दै विश्वभर नक्कली शरणार्थी बन्ने बढ्दो प्रवृत्ति बारे ब्लग लेखेका थिए । सो समाचार २४ घण्टाभित्र हटाउन धम्की दिँदैं साइट बन्द गराइ दिने चेतावनी तिमल्सिनाले दिएका थिए ।
नमस्ते नेपाली बाट 

0 comments:

Post a Comment