Friday, August 9, 2013

माओवादीले २ करोड मागेपछि व्यापारी बाध्य भय सीडियो गुहार्न ...

सम्बन्धित भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

२६ साउन, संखुवासभा । नेकपा-माओबादीका कार्यकर्ताले संखुवासभाका व्यापारीसँग चन्दा माग गरेपछि उद्योग वाणिज्य संघ संखुवासभाले आपत्ति जनाएको छ । माओवादीले खाँदबारीका व्यापारी कृष्णभगत प्रधानसंग २ करोड चन्दा मागेको खुलासा भएपछि उद्योगी व्यवसायी आक्रोशित भएका हुन् ।२ करोड चन्दा दिन नसक्ने बताएपछि माओवादी कार्यकर्ताले व्यापारी प्रधानको सबै सम्पत्ति बेचविखन तथा कारोवारमा प्रतिबन्ध लगाउने आशयका साथ हिजो मात्रै एक विज्ञप्ति जारी गरेको थियो ।
माओवादी कार्यकर्ताले पटकपटक प्रधानलाई चन्दा दिन दबाब दिँदै आएका थिए । माओवादीको विज्ञप्तिले संखुवासभाका व्यापारीहरुमा आतंक सिर्जना गरेको ठहर गर्दै वाणिज्य संघले व्यवसायीको जीउधन सुरक्षाका लागि सरकार सग आग्रह समेत गरेको छ ।उद्योग बाणिज्य संघले आज विज्ञप्ति जारी गरेर पार्टीका नाममा व्यक्तिगत प्रयोजनका लागि प्रधानसंग ठूलो धनराशी माग गरेको भन्दै विरोध गरेको छ ।
विज्ञप्तिमा रकम नदिदा पुर्वाग्रही ढंगबाट व्यक्तिगत जीवनमा समेत आँच आउने काम माओबादीवाट भएको उल्लेख गरिएको छ । वाणिज्य संघले प्रधान र उनको परिवारको जीवन रक्षा तथा सम्पत्ति रक्षाका लागि सरकारसंग माग गरेका छन् । संघले व्यापारी प्रधानको नीजि सम्पत्ति र व्यवसायमा प्रतिवन्ध लगाइएका जस्ता गैर कानुनी भाषा सहितको माओबादीको विज्ञप्तिले सम्पूर्ण व्यवसायी र जनतामा त्रास फैलाउने दुष्प्रयास गरेको जनाएको छ ।
संघका अध्यक्ष अनन्तकुमार गौलीको नेतृत्वमा जिल्ला प्रशासन पुगेका व्यापारीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । प्रजिअ कार्कीले त्यस्ता विज्ञप्तिको पछि नलाग्न व्यापारीलाई आग्रह गर्नु भएको छ ।
अनलाइनखबर बाट 

0 comments:

Post a Comment