Tuesday, August 6, 2013

दुई वटा स्याऊ किनियो"१२ सय डलरमा"

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 


 सुन्दा सबैलाई आश्चर्य अनि असम्भव पनि लाग्छ होला दुई वटा स्याउको मूल्य १२ सय डलर भन्दा । तर, एक महिलाले २ वटा स्याऊको मूल्य १२ सय डलर तिरेकी छिन् । अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएकी एक महिलाले अनलाइन सपिङ गर्ने क्रममा दुई वटा स्याऊको यति ठुलो रकम तिर्न पुगेकी हुन् । उनले जानी जानी यति ठूलो रकम भने तिरेकी होइनन् । उनले एक सपिङ अनलाइनमा आफूलाई दुईवटा एप्पलको स्मार्टफोन आवश्यक रहेको र किन्न प्रयत्न गरिरहेकी थिइन् । उक्त स्मार्टफोनका लागि उनले १२ सय डलरसम्म तिर्न सक्ने बताएकी थिइन् । यसैक्रममा एक महिलाले ती महिलालाई सम्पर्क गरेर आफूसँग बेच्नका लागि दुइवटा स्याऊ छन् । यसपछी दुईबीच एउटा रेष्टुरेन्टमा पैसाको लेनदेन भयो र ती महिलाले एउटा बक्स थमाइन् । बक्स लिएर खुसी हुँदै घर पुगेकी उनले जब बक्स खोलिन् उनको होस् नै उड्यो । उक्त बक्समा उनले चाहेको एप्पल नभएर स्मार्टफोन नभएर स्याऊ भेटिन् । यसपछी उनी आफू पूर्ण रूपमा ठगिएको भन्दै आफैलाई धिकार्न पुगिन् । यसरी स्याउको नामका कारण पनि मानिसहरूले निकै ठूलो क्षति बेहोर्नुपरेको छ ।

0 comments:

Post a Comment