Sunday, August 4, 2013

हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु..

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

सर्लाही । सर्लाहीमा हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । जंगलबाट निस्किएको हात्ती गाउँ पस्दा खेतमा पानी लगाउन गएका हरिपुर १ जुटपानीका ३० बर्षका उपेन्द्र महतो र घरमा सुतेकी अढाई बर्षकी हिरिया महतोको ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ।
उपेन्द्र महतो खेतमा पानी लगाउन गएको बेला बाटोको छेउमा सुति रहेको अवस्थामा हात्तीले घिसारेर मारेको स्थानियहरुले बताएका छन् । त्यस्तै गर्मीको समयमा घरको आँगनमा सुतिरहेको अस्वथामा हात्तीले आक्रमण गर्दा हिरीया महतोको मृत्यु भएको हो । हिरीयाकै जुम्लयाहा बहिनी गिरीया महतोको खुट्टा भाचिएको प्रहरीले जनाएको छ । परिवारका सबै जना आँगनमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा भागेको तर दुवै नाबालिका त्यही छुटेका थिए ।
यस अघि सर्लाहीमा असार १५ गते लालबन्दी-७ चन्द्रपुर बस्ने ४० वषिर्य मधुमया योञ्जन र साउन १७ गते ढुंग्रेखोला-८ की ३८ वषिर्य पुणर्मा मोक्तानको हात्तीको आक्रमणवाट मृत्यु भएको थियो ।

0 comments:

Post a Comment