|
|
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
सप्तरी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक जटिल अवस्थामा रहेका बेला राष्ट्रपतिको मौनता बुझिनसक्नु रहेको बताउनुभएको छ । राप्रपा नेपालले शनिवार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले भन्नुभयो, “राष्ट्रपति किन चुप लागेर बस्नुभएको छ, त्यो भित्री कुरा बुझ्न पाएको छैन, तर उहाँको मौनता रहस्यपूर्ण छ ।
आन्दोलनरत दलहरुलाई निर्वाचनमा सहभागी गराउने तीनदल र मधेसी मोर्चाका नेताहरुको नियत नरहेको टिप्पणी गर्दै अध्यक्ष थापाले राष्ट्रपतिले असन्तुष्ट दलहरुसँग वार्ता डाक्नुपर्ने बताउनुभयो । निर्वाचन बहिष्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको माओवादीसँग तत्काल सहकार्य हुने सम्भावना नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “वैद्यजी र हाम्रो पार्टीको मान्यता नै फरक छ र सहकार्यको विषयमा छलफल पनि हुन नसकेको अवस्थामा सहकार्य हुने कुनै सम्भावना छैन ।
मुलुकमा रहेको चारदलीय संयन्त्र नै निर्वाचनको मुख्य तगारो रहेको आरोप लगाउँदै अध्यक्ष थापाले तत्काल चारदलीय संयन्त्रलाई खारेज गरी राजनीतिक सहमतिका लागि गोलमेच सम्मेलनमा जानुपर्ने बताउनुभयो ।आगामी मङ्सिर ४ गते हुन गइरहेको संविधानसभाको निर्वाचनका लागि युद्धगतिमा तयारी तीव्र पारेको जानकारी दिँदै उहाँले अब हुने निर्वाचनमा आफ्नो पार्टीले एक तिहाई सिटमा विजयी हासिल गर्ने दाबीसमेत गर्नुभयो । रासस
सप्तरी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक जटिल अवस्थामा रहेका बेला राष्ट्रपतिको मौनता बुझिनसक्नु रहेको बताउनुभएको छ । राप्रपा नेपालले शनिवार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले भन्नुभयो, “राष्ट्रपति किन चुप लागेर बस्नुभएको छ, त्यो भित्री कुरा बुझ्न पाएको छैन, तर उहाँको मौनता रहस्यपूर्ण छ ।आन्दोलनरत दलहरुलाई निर्वाचनमा सहभागी गराउने तीनदल र मधेसी मोर्चाका नेताहरुको नियत नरहेको टिप्पणी गर्दै अध्यक्ष थापाले राष्ट्रपतिले असन्तुष्ट दलहरुसँग वार्ता डाक्नुपर्ने बताउनुभयो । निर्वाचन बहिष्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको माओवादीसँग तत्काल सहकार्य हुने सम्भावना नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “वैद्यजी र हाम्रो पार्टीको मान्यता नै फरक छ र सहकार्यको विषयमा छलफल पनि हुन नसकेको अवस्थामा सहकार्य हुने कुनै सम्भावना छैन ।
मुलुकमा रहेको चारदलीय संयन्त्र नै निर्वाचनको मुख्य तगारो रहेको आरोप लगाउँदै अध्यक्ष थापाले तत्काल चारदलीय संयन्त्रलाई खारेज गरी राजनीतिक सहमतिका लागि गोलमेच सम्मेलनमा जानुपर्ने बताउनुभयो ।आगामी मङ्सिर ४ गते हुन गइरहेको संविधानसभाको निर्वाचनका लागि युद्धगतिमा तयारी तीव्र पारेको जानकारी दिँदै उहाँले अब हुने निर्वाचनमा आफ्नो पार्टीले एक तिहाई सिटमा विजयी हासिल गर्ने दाबीसमेत गर्नुभयो । रासस
|
|

0 comments:
Post a Comment