|
|
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
साउन, दाङ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले ७५ प्रतिशत जनताको समर्थन पाउने दावी गर्नु भएको छ । ओलीले क्रान्तिका कुरा गर्ने एमाओवादी खहरे भेल जस्तै सुकेर गएको र काँग्रेस यथास्थितिवाट माथि उठ्न नसकेकाले अबको चुनावमा एमालेले ७५ प्रतिशत जनताको समर्थन पाउने दावी गर्नु भएको हो ।
अनेरास्ववियूको जारी बिधान सम्मेलनलाई आइतवार दाङको घोराहीमा सम्बोधन गर्दै नेता ओलीले राष्ट्रिय राजनीतिलाई सहिरुपमा अगाडि बढाउन मंसिर ४ मा चुनाव गर्नुको विकल्प नरहेको वताउनुभयो । उहाँले ०६२/६३ को जनआन्दोलनवाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न निर्बाचन अपरिहार्य भएको बताउनुभयो । संबिधानसभाबाट कानुन बनेमात्रै सबैको हक अधिकार र उपलब्धीलाई बचाएर राख्न सकिने भन्दै नेता ओलीले चुनावको बिपक्षमा रहेका दलहरुलाई पनि पूनर्विचार गर्न आग्रह गर्नुभयो ।
ओलीले मोहन वैद्य नेतृत्वको नेकपा-माओबादीले थालेको चुनाव बहिस्कारले देशको बिकास र निकास नहुने जिकिर गर्नुभयो । चुनाव भाड्नु भनेको नागरिकहरुबाट एक्लिनु भएको टिप्पणी गर्दै ओलीले समयमै देश र जनताको बिचार बुझ्न आग्रह गर्नुभयो ।
अनलाइन खबर बाट
साउन, दाङ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले ७५ प्रतिशत जनताको समर्थन पाउने दावी गर्नु भएको छ । ओलीले क्रान्तिका कुरा गर्ने एमाओवादी खहरे भेल जस्तै सुकेर गएको र काँग्रेस यथास्थितिवाट माथि उठ्न नसकेकाले अबको चुनावमा एमालेले ७५ प्रतिशत जनताको समर्थन पाउने दावी गर्नु भएको हो ।अनेरास्ववियूको जारी बिधान सम्मेलनलाई आइतवार दाङको घोराहीमा सम्बोधन गर्दै नेता ओलीले राष्ट्रिय राजनीतिलाई सहिरुपमा अगाडि बढाउन मंसिर ४ मा चुनाव गर्नुको विकल्प नरहेको वताउनुभयो । उहाँले ०६२/६३ को जनआन्दोलनवाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न निर्बाचन अपरिहार्य भएको बताउनुभयो । संबिधानसभाबाट कानुन बनेमात्रै सबैको हक अधिकार र उपलब्धीलाई बचाएर राख्न सकिने भन्दै नेता ओलीले चुनावको बिपक्षमा रहेका दलहरुलाई पनि पूनर्विचार गर्न आग्रह गर्नुभयो ।
ओलीले मोहन वैद्य नेतृत्वको नेकपा-माओबादीले थालेको चुनाव बहिस्कारले देशको बिकास र निकास नहुने जिकिर गर्नुभयो । चुनाव भाड्नु भनेको नागरिकहरुबाट एक्लिनु भएको टिप्पणी गर्दै ओलीले समयमै देश र जनताको बिचार बुझ्न आग्रह गर्नुभयो ।
अनलाइन खबर बाट
|
|






0 comments:
Post a Comment