Saturday, June 22, 2013

पुरुषहरुले सेक्ससम्बन्धी सपना एसकारण बढी देख्छन् ?

भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 


हालैको एक अध्ययनअनुसार पुरुषहरू महिलाको तुलनामा सम्भोगसम्बन्धी सपना बढी देख्छन्। उता महिलाहरू भने ऐठन पर्ने तथा डराउने खालका सपना बढी देख्छन्। क्यानाडाको मन्टि्रयल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ११ वर्ष लगाएर गरेको अध्ययनअनुसार २० देखि ३० वर्षको उमेरमा महिला तथा पुरुष दुवैमा राम्रा सपनाको मात्रा निकै कम हुन्छ। अध्ययनअनुसार सम्भोगका विषयमा महिला र पुरुष दुवैले सपना देख्छन् तर त्यसको मात्रा महिलाको तुलनामा पुरुषमा बढी हुन्छ। अधिकांश पुरुषको सपनाको विषय सम्भोग हुन्छ अर्थात् ८५ प्रतिशत पुरुष सम्भोगको सपना देख्छन्। सर्भेमा विभिन्न ५६ प्रकारका सपना जानकारीमा आए। त्यसमा लड्ने, पौडने, डुब्ने, सर्प, बाढी तथा दाँत खसेको जस्ता पनि थिए। अध्ययनअनुसार ७३ प्रतिशत महिलाले नियमित रूपमा सम्भोगको सपना देख्छन्। धेरै महिला अर्थात् ८३ प्रतिशतले सपनामा आफूलाई कसैले पछ्याएको देख्छन्। यस्तै मरेको, अपांग भएको तथा सर्पले डसेको सपना पनि महिलाहरूले नै बढी देख्छन्। महिला र पुरुष दुवैले समान रूपमा देख्ने सपना भनेको कुनै ठाउँमा लडेको सपना हो।

0 comments:

Post a Comment