Saturday, June 29, 2013

मेरो अन्तिम निर्णय येही हो "पद त्याग्दै बाबुरामले भने"

भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

काठमाडौं, असार १५ । एकीकृत माओवादीको केन्द्रूीय समिति बैठकमा पद भागवण्डासम्बन्धी विवाद चर्किएपछि उपाध्यक्ष डा. बाबुराम भटट्राईले राजीनामा दिएका छन् । आज बसेको बैठकमा भटट्राईले पार्टीमा पदलोलुपता बढेको भन्दै आफूले सबै पदबाट लिखित रुपमा राजीनामा दिएको घोषणा गरे । एकीकृत माओवादीमा पदीय भागवण्डाको विवाद समाधानको खोजी गर्न आज बसेको केन्द्रीय समितिको बैठकमा ब्यापक विवाद भई बाबुराम पक्षीय नेताहरुले बहिष्कार गरेपछि बैठकै स्थगित गरियो ।

बैठकमा पार्टीका उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयनमा बढी विवाद देखिएको छ । वर्तमान महासचिव पोष्टबहादुर बोगटीलाई उपाध्यक्ष बनाएर महासचिवमा कृष्णबहादुर महरालाई ल्याउने सोचाई अध्यक्ष पुष्पकमल दाहालले बनाएकोमा विवाद चर्किएको बताईएको छ । त्यसैगरी बाबुराम पत्नी हिसिला यमीलाई कोषाध्यक्षको पद दिईनुपर्ने दबाब पनि अध्यक्षमाथि परेको स्रोतले जनाएको छ । बाबुराम पक्षको बहिष्कारपछि पदाधिकारी र ब्युरो ईन्चार्जहरुको बैठक बसेको थियो । अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको पदाधिकारीका नाममा केन्द्रीय सदस्यहरुले असहमति जनाएकाले एमाओवादी बैठक लगातार अनिर्णित हुँदै आएको छ । सदस्यहरुले महाधिवेशनको भावना अनुसार पदाधिकारी चयन गर्नुपर्ने अडान लिएका छन् । गत माघमा हेटौंडामा सम्पन्न महाधिवेशनलगत्तै मिलाउने भनिएको पदीय बाँडफाँडमा ६ महिनापछि पनि सहमति हुन सकेको छैन । हालै एमाले, फोरम लगायतका दल छाडेर एकीकृत माओवादीमा आएकालाई दिने जिम्मेवारीबारे पनि विवाद छ । 

0 comments:

Post a Comment