|
|
मनिषा सगको कुरा कानी हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
करिब ६ महिनासम्म अमेरिकामा क्यान्सरको उपचार गराएपछि अभिनेत्री मनिषा कोइराला निको भएर आमाबुबाका साथ मंगलबार भारतको मुम्बई फर्किएकी छिन् । पाठेघरको क्यान्सर निको भएपछि बुबा प्रकाश कोइराला तथा आमा सुष्मासँगै मनिषा न्युयोर्कबाट मंगलबार मुम्बई फर्केको अमेरिकाबाट ग्लोब नेपालले लेखेको छ ।
मुम्बईको जसलोक अस्पतालमा उपचार गराउँदा क्यान्सरको पहिचान भएपछि कोइरालालाई थप उपचारका लागि अमेरिका लगिएको थियो । डिसेम्बर १० मा पाठेघरको शल्यक्रियापछि २१ डिसेम्बरमा डिस्चार्ज भएपछि मनिषाले ६ महिनासम्म बुबा आमा र भाइ सिद्धार्थ कोइराला सँगै अपार्टमेन्टमा बसेर नियमित स्वास्थ्य जाँच गरेकी थिइन् । मनिषालाई उधृत गर्दै ग्लोब नेपालका अनुसार क्यान्सरबाट पूर्ण मुक्ति पाए पनि दुई वर्षसम्म प्रत्येक तीन/तीन महिनामा नियमित परीक्षण गराउनुपर्ने र ५ वर्षसम्म नियमित स्वास्थ्य जाँच गराइरानुपर्ने डाक्टरको सल्लाह छ । अब केही समय मुम्बईमा रहेर आराम गर्ने मनिषाको योजना रहेको बताइएको छ ।

0 comments:
Post a Comment