|
|
भिडिओ हेर्न माथिको बक्स मा क्लिक गर्नुहोस
पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार महोत्तरी जिल्लाको पौराणिक नगरी मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठ र सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वर नाथ महादेवको पूजा अर्चना गर्नुभयो । तीर्थाटनका लागि तराईका जिल्ला घुम्ने क्रममा आज पूर्व राजा शाह बिहान साढे ११ बजेतिर मटिहानीका लक्ष्मीनारायण र १२ बजेतिर जलेश्वरनाथ महादेव पुग्नुभएको थियो ।
विशुद्ध धार्मिक यात्रामा आएका पूर्वराजाले दुबै ठाउँमा पण्डित लगाई विधिपूर्वक पूजा अर्चना गर्नुभएको थियो ।
बाबा जलेश्वर नाथको पूजा सकिएपछि पूर्वराजा जलेश्वर–बर्दिवास सडकखण्ड हुँदै काठमाडौँ प्रस्थान गर्नुभयो । उहाँको सुरक्षाका लागि आज जिल्लाभर सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

0 comments:
Post a Comment