Wednesday, June 26, 2013

अब जुत्ताबाट समेत मोबाईल चार्ज ....

भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

अमेरिका बोस्टनमा रहेको राईस युनिभर्सिटीका छात्रहरुले यस्तो एउटा जुत्ताको बिकास गरेका छन, जसको मद्दतले मोबाईल चार्ज हुनेछ ।
मेकानिकल ईञ्जिनियरिङ बिषय लिएर अध्ययन गरिरहेका छात्रहरुले हिड्दा खेरि उत्पन्न हुने उर्जा शक्तिलाई एकत्रित गरेर मोबाईल चार्ज गरेर देखाई दिएका हुन । जुत्ताबाट मोबाईल चार्ज गर्न मिल्ने यो प्रबिधिलाई पेडिपावर नाम दिएको छ ।

यस प्रबिधिमा पेडिपावर जुत्ताको गति उत्पन्न हुने उर्जालाई एकत्रित गरि मोबाईलको ब्याट्रि चार्ज गर्न सकिनेछ । तेल र ग्यास फ्याक्ट्रिको लागी बिद्युतिय उपकरण बनाउने केमरन कम्पनिले यस्तो प्रबिधि बिकासमा सहयोग गरेको हो ।speednepal

0 comments:

Post a Comment