|
|
भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
९ असार, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभा निर्वाचनका लागि आफूहरुको रगत बगेको भन्दै निर्वाचन बहिस्कार गर्ने पक्षमा आफूहरु नभएको बताउनुभएको छ ।
आन्दोलनरत ३३ दलीय मोर्चाले आइतबार आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा अध्यक्ष वैद्यले संविधानभाको पक्षमा आफूहरु भए पनि यथास्थितिमा भने निर्वाचनमा सहभागी नहुने स्पस्ट पार्नुभयो । “गत चैत १ गतेको सहमति खारेज गरी दलहरुकै बीचबाट नयाँ सरकार गठन गर्नुपर्छ र संविधानका अन्तरवस्तुमा सहमति कायम गरी संविधानसभाको निर्वाचन गर्नुपर्छ”-उहाँले भन्नुभयो, “यो सरकार गठन गर्न सहमति दिने चार शक्तिकै नेताहरु यो गल्ती गरियो, बाध्यतामा परियो भन्दै हुनुहुन्छ, हामी उहाँहरुको बाध्यतामा सहिछाप गर्ने पक्षमा छैनौँ ।”
उहाँले विगतको जनयुद्धमा सहभागी एक पक्ष आफ्नो पार्टीलाई बेवास्ता गरेर अर्को पक्ष एमाओवादीलाई मात्रै स्थान दिएर देशमा द्वन्द्व समाधान हुन नसक्ने स्पष्ट पार्नुभयो ।
एमाले महासचिव ईश्वर पोखरेलले सरकार गठन प्रक्रिया र निर्वाचन घोषणा प्रक्रियाप्रति असन्तुष्ट दलहरुको माग सुनुवाइ नगरी यथास्थितिमा संविधानसभाको निर्वाचन हुन नसक्ने बताउनुभयो । उहाँले संविधानसभाको निर्वाचन संसदको निर्वाचनजस्तो नभएको भन्दै सबै दललाई निर्वाचनमा सहभागी गराउन सबै पक्ष लचकताका साथ आउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “आन्दोलनरत दलहरुले एउटै व्यक्ति न्यायालय र कार्यपालिकाको प्रमुख हुनहुन्न भनिरहनुभएको छ, त्यो माग राख्नु निर्वाचनका लागि अर्घेल्याइ होइन ।”
नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्यायले अहिलेको सङ्कट समाधानका लागि निर्वाचन नै एकमात्र विकल्प भएको बताउँदै आन्दोलनरत दलहरु पनि निर्वाचनमा आउनुको विकल्प नरहेकामा जोड दिनुभयो । मधेसी जनअधिकार फोरम नेपालका महासचिव रामसहाय यादवले चैत १ गतेको सहमति खारेज गरी सर्वपक्षीय राजनीतिक सम्मेलन कायम गरेर मात्रै निर्वाचनमा जानुपर्ने धारणा राख्नुभयो ।
सङ्घीय समाजवादी पार्टीका उपाध्यक्ष विजय सुब्बाले चैत १ गतेको २५ बुँदे बाधा अड्काउ फुकाउ खारेज नभएसम्म निर्वाचनको रटान लगाउनुको अर्थ नभएको टिप्पणी गर्नुभयो । रासस

0 comments:
Post a Comment