|
|
भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
खोटाङ, भूमिगत लिम्बुवान पार्टीका केन्द्रीय सदस्य प्रेम खालिङ हतियारसहित पक्राउ परेका छन् । उनी खोटाङको खाल्ले गाविस-९ स्थित कल्से जंगलबाट पक्राउ परेका हुन् ।
प्रहरी नायव उपरीक्षक राजीव बस्नेतले जनाए अनुसार खालिङ भूमिगत लिम्बुवानका इलाम जिल्ला अध्यक्ष पनि हुन् । इलाम दानाबारी-३ घर भएका उनलाई दुई दिनअघि एक नाल कटुवा पिस्तोल र त्यसको चार राउण्ड गोली सहित पक्राउ गरिएको डिएस्पी बस्नेतले मङ्गलबार पत्रकारहरुलाई जानकारी दिए ।
उनी किरात जनवादी वर्कस पार्टीका पूर्व केन्द्रीय सैन्य प्रमुखको रुपमा काम गर्दा कान्छा खम्बुको नामले परिचित थिए ।

0 comments:
Post a Comment