Monday, June 24, 2013

रेखाका ब्याईफ्रेन्ड फरार भएपछि ...

भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस

काठमाडौं। नक्कली भारतीय रुपैयाँको कारोबार फरार आरोपी सुनील रायमाझी नायिका रेखा थापाको ब्याइफ्रेन्ड भएको खुलेको छ। नायिका थापाले नै कतिपयसँग रायमाझीलाई ब्याइफ्रेन्डका रुपमा चिनाउने गरेकी थिइन्।
स्रोतका अनुसार रेखा बुबाको मृत्यु हुँदा बिराटनगर जाने क्रममा रायमाझीसँग चिनजान भएको थियो। त्यही बेलादेखि उनीहरु नजिकिएका थिए। पछि रायमाझीले अन्नपूर्ण कफीसपमा बोलाएर धेरै पटक भेटेपछि उनीहरु घुम्नसमेत गएको स्रोत बताउँछ। बुटवल घर भएका रायमाझी बिहानदेखि बेलुकासम्म अन्नपूर्ण कफीसपमै नेतादेखि प्रहरीका उच्च अधिकारीलाई बोलाएर बस्ने गर्दथे। हाल उनी फरार छन्।
रायमाझीसँग अनुसन्धानमा तानिएका शिखर म्यानपावरका सञ्चालक प्रधानले भने सोर्सफोर्सका आधारमा उन्मुक्ति पाइसकेका छन्। उनीविरुद्ध कुनै पनि प्रमाण नभेटिएको नेपाल प्रहरीको बिशेष ब्यूरो (एसबी)ले जनाएको छ। गत २४ गते कतार हुँदै नेपाल भित्रिएको एक करोड भारतीय रुपैयाँ तस्करीमा प्रधानको नाम जोडिएको थियो।
नक्कली भारु कारोबारमा पक्राउ परेका नरु उल्लाहको बयानका आधारमा प्रहरीले तेक्वान्दो कमिटीका कोषाध्यक्ष रवि सिंहलाई पक्राउ गरिसकेको छ। सिंहको नरु उल्लाहसँग पटक–पटक फोनमा सम्पर्क देखिएको थियो। सिंह पहिलेदेखि नै नक्कली भारु कारोबारमा मुछिएका व्यक्ति हुन्। प्रधानका रायमाझी तत्कालै फरार भएकोमा हालसम्म पनि फेला परेका छैनन्। तर, उनको पनि संलग्नताको प्रष्ट प्रमाण भने फेला नपरेको स्रोत बताउँछ। शिखर मेनपावरका मालिक प्रधान रायमाझीको साथी भएकाले नै अनुसन्धानमा ताएिका थिए। प्रहरीले उनको सम्पूर्ण कल विवरण र उनको दिनचर्याको समेत निगरानी गर्दा उनी नक्कली भारुको गिरोहमा आबद्ध भएको प्रमाण नभेटिएको छ। बिशेष ब्यूरोले पछिल्लो समयमा नक्कली भारुको कारोबारमा संलग्न भएको आशंका दर्जनौं व्यक्तिलाई निगरानीमा राखी अनुसन्धान थालेको छ।

0 comments:

Post a Comment