Tuesday, July 16, 2013

अन्ततः बाबुराम भट्टराई ‘बरिष्ठ नेता’..


  भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस

काठमाडौं । स्वेच्छिकरुपमा पदत्याग गरेका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई अब पार्टीको ‘बरिष्ठ नेता’ बन्नुहुने भएको छ । मंगलबार आयोजित एमाओवादी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राख्नुभएको मौखिक प्रस्तावलाई बिहीबार बस्ने बैठकले औपचारिकता दिएपछि डा. भट्टराई ‘बरिष्ठ नेता’का रुपमा चिनिन थाल्नुहुनेछ ।

बरिष्ठ नेताको पद कार्यकारी अधिकारसहितको नहुने र आगामी संविधानसभाको चुनावपछि हुने राष्ट्रिय सम्मेलनमा पुनः छलफल हुने गरी डा. भट्टराईले ‘बरिष्ठ नेता’को सेरेमोनियल पद स्वीकार गरेको स्रोतले अनलाइनखबरलाई बतायो । अध्यक्ष प्रचण्डको बरियतापछि बरिष्ठ नेता रहने भए पनि यो पद कार्यकारी अधिकारसहितको नभई सम्मानका लागि मात्रै राखिने र पदाधिकारी बैठकमा त्यही आधारमा भट्टराईले उपस्थित हुने पाउने बताइएको छ ।

स्वेच्छिकरुपमा पद त्याग गरेका भट्टराईलाई निर्णय फिर्ता लिन पार्टीभित्रबाट चर्को दबाव आए पनि उहाँले उपाध्यक्षमा फिर्ता हुन नमानेपछि वीचको बाटो अपनाइएको स्रोतले बतायो । यसवीचमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महामन्त्री पोष्टबहादुर बोगटीलाई पनि स्वेच्छिकरुपमा पदत्याग गर्न लगाई अध्यक्षमात्रै रहने र अरु सबै केन्द्रीय सदस्यमात्रै रहने प्रावधान राख्न खोजिए पनि श्रेष्ठ र बोगटी सहमत नहुँदा बरिष्ठ नेताको विकल्प रोजिएको हो ।

साउन ४ गते शुरु हुने विस्तारित बैठकको अघिल्लो दिन विहीबार बस्ने माओवादी बैठकले बाबुरामको विषयका साथै केन्द्रीय समिति विस्तार र संगठनात्मक कार्यविभाजनसम्बन्धी सम्पूर्ण समस्या सुल्झाउने एमाओवादी नेताले बताएका छन् ।

संगठनात्मक समस्या सुल्झाउन विस्तारित बैठक बोलाइए पनि केन्द्रीय समितिमै विवाद समाधान गरेर विस्तारित बैठकमा चुनावी तयारीबारे छलफल केन्दि्रत गरिने एमाओवादी तयारी रहेको बुझिएको छ ।

0 comments:

Post a Comment