Wednesday, July 17, 2013

डिजेलको नाउमा पानीको बिक्रि ...

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
 
 विराटनगर । सुनसरीको इटहरीस्थित साथी पेट्रोल पम्पबाट खरिद गरी हालिएको डिजेलमा पानी फेला परेको छ । विराटनगर-कटारी सञ्चालन हुने ‘सुपर पञ्चकन्या’ ना २ ख ५४६० नम्बरको बसमा हालिएको १०० लिटर डिजेलमा पानी फेला परेको हो ।

पानीसहितको डिजेलको कारण गाडी सिरहाको मिचैयाबाट कटारी चल्न नसकेको अवस्थामा ग्यारेजमा देखाउँदा पानी मिसिएको कारण इन्जिन पम्प काम नलाग्ने भएको यातायात धनी रोशन बानाले बताउनुभयो ।

यस सम्बन्धमा पम्पका लेखा प्रमुखसँग जानकारी राख्दा बाँकी रहेको डिजेल साटी दिने बताए पनि हालसम्म नदिएको यातायात धनी बानाले बताउनुभयो ।रासस

0 comments:

Post a Comment