Monday, July 22, 2013

बलात्कारको दृश्यले पायो एडल्ट सर्टिफिकेट..

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस

नेपाली सिने नगरीमा चलचित्र ‘प्राण भन्दा प्यारो’बाट डेब्यू गर्न लागेकी नव कलाकार अनामिका चौलागाइँलाई हेर्न तपाई १६ बर्ष भन्दा माथिको हुनुपर्छ । किनकी अनामिका र बासु पुडासैनीले अभिनय गरेको चलचित्र ‘प्राण भन्दा प्यारो’लाई चलचित्र सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ ।

चलचित्रमा समावेश एक बलात्कारको दृश्यका कारण सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको निर्देशक कमलकृष्णले बताएका छन् । नारी बलात्कृत भएपछि उसले आत्महत्या होइन बदला लिनुपर्छ भन्ने कथालाई सिनेमाले उठान गर्न खोजेको छ ।

चलचित्रमा नेपालसँगै मलेसियाका केही कलाकारको पनि अभिनय गरेका छन् । राजेश शाहको सम्पादन, मुकेश हुँमागाइको छायांकन, चन्द्र पन्तको द्वन्द्व, गणेश बगालेको गीत रहेको यो चलचित्र असोज ४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

0 comments:

Post a Comment