Monday, July 22, 2013

चीनको गान्सु प्रान्तमा शक्तिशाली भूकम्प, ७५ को मृत्यु..

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
 

७ साउन, काठमाण्डौं । चीनको उत्तर-पश्चिमी गान्सु प्रान्तमा गएको शक्तिशाली भूकम्पका कारण कम्तिमा २२ जनाको मृत्यु भएको छ । झण्डै ३ सय घाईते भएका छन् । मिशियान र जान्गशियान काउन्टीमा ५ दशमलव ९८ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पमा परी कम्तिमा ५ हजार ६ सय घर पूर्ण रुपमा क्षेतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारका लागि सेना, अग्नि नियन्त्रक तथा तालिम प्राप्त कुकुर खटिएका छन् । चीनको सिचुअन प्रान्तमा सन् २००८ मा गएको भुकम्पमा परी ९० हजार सर्वसाधारणको मृत्यु भएको थियो ।

0 comments:

Post a Comment