Monday, July 8, 2013

होटेल भत्किँदा १० को मृत्यु २० फसे...

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

 दक्षिणी भारतीय सहर हैदरावादमा एक होटेल भत्किँदा भएको दुर्घटनामा १० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा करिब २० व्यक्ति फसेको अनुमान गरिएको प्रहरी स्रोतले जनाएको छ ।
यस दुर्घटनामा ज्यान गुमाउने प्रायजसो रेस्टुरामा काम गर्ने कामदारहरू रहेका बताइएको छ । हैदरावाद सहरको राष्ट्रापाटी रोडमा दुई तल भवनमा सो होटेल अवस्थित रहेको जनाइएको छ ।
प्रहरी र अग्नी नियन्त्रकहरुको सहयोगमा ११ जना व्यक्तिलाई सो भवनको भग्नावशेषबाट उद्धार गरिएको जनाइएको छ । उद्धार गरिएका ती व्यक्तिहरूमध्ये केहीको अवस्था गम्भीर भएको र भवन भग्नावशेषमा करिब २० व्यक्ति फसेको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरी स्रोतले अनुमान गरेको छ ।
सो होटेल भत्किँएको भग्नावशेषबाट ६ वटा शव निकालिएको साथै अन्य ११ घाइते व्यक्तिलाई उद्धार गरिएको प्रहरीले जनाएका छन् ।

0 comments:

Post a Comment