|
|
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
२६ असार, हेटौंडा । हेटौंडा २ वासुदेवमार्गमा बालबालिकाले खाने खाजाको प्याकेटभित्र भ्यागुता भेटिएको छ ।
सुनसरीको इटहरीमा रहेको न्यू कोसी फुड प्रालिले उत्पादन गरेको खाजामा भ्यागुता भेटिएको स्थानीय कमला रिजालले जानकारी दिनुभयो ।
आफ्नो पाँच बर्षे छोरालाई खुवाउनका लागि ल्याएको खाजाको प्याकेटभित्र भ्यागुतो भेटिएको उहाँले बताउनुभयो ।
नजिकैको पसलबाट किनेर ल्याएर छोरालाई खान दिएको थिएँ, उहाँले भन्नुभयो । खाईसक्यो कि सकेन भनेर हेर्न खोज्दा खाजसँगै कालो भ्यागुता भेटियो । उहाँले कम्पनीको लापरबाहीका कारण यस्तो भएको भन्दै कम्पनी सञ्चालकलाई कारबाही गर्न माग गर्नुभएको बुधबार प्रकाशित गोरखापत्र दैनिकमा खबर छ ।
कम्पनीका सञ्चालक दिनेश शाहले भने आफूहरुको कुनै त्रुटि नभएको दाबी गर्नुभयो । तर घटनाबारे स्पष्ट पारेपछि भने उहाँले भन्नुभयो-’यदि त्यस्तो त्रुटि भएको रहेछ भने माफ गरिदिनुहोला ।’

0 comments:
Post a Comment