Monday, July 8, 2013

धनगढीको तीन होटैलबाट सात जोडी एसरी परे पक्राउ..

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

यौन क्रियाकलापमा संलग्न भएको भन्दै कैलालीको अत्तरिया बजारस्थित विभिन्न तीन होटेलबाट शनिबार दिउँसो प्रहरीले सात जोडी युवा युवतीलाई पक्राउ गरेको छ । अत्तरियाका होटलहरुमा खुलेयाम बढेको यौन क्रियाकलापले विकृति बढेको जनगुनासो आएपछि गएको प्रहरी टोलीले सात जोडीलाई अपत्तीजनक अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक विष्णुबहादुर सिंहले बताउनुभयो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान सुरु गरिएको सिंहले बताउनु भयो । पछिल्लो केही समययता धनगढी, अत्तरियालगायतका सहरी क्षेत्रमा खुलेयाम बढ्दै गएका यौन क्रियाकलापका घटनाले सामाजिक विकृति विसङ्गति निम्त्याइरहेको भन्दै यस्ता गतिविधि रोक्न सबैले पहल गर्नुपर्ने स्थानीय सर्वसाधारणको भनाइ छ ।
secure nepalese sansar

0 comments:

Post a Comment