|
|
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
एकीकृत एमाओवादीका नेता एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्नुपर्ने बताएका छन्।
आज भट्टराई निवासमा पत्रकार सँग कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्रले निर्वाचन भाड्ने षड्यन्त्र गरे उनलाई सरकारले जेल हाल्नुपर्ने भट्टराईले बताएका हुन् । भट्टराईले पूर्व राजा ज्ञानेन्द्रले देशव्यापी भ्रमण गरेर चुनाव भाड्ने षड्यन्त्र गरेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । ज्ञानेन्द्र देशव्यापी भ्रमणमा रहेका बेला स्वागत थापिरहेको बेला भट्टराईले यस्तो बताएका हुन् ।
भट्टराईले उनकै निवास सानेपामा पत्रकारसँग कुरा गर्दै आफू ज्ञानेन्द्रको ठाउँमा भएको भए जेल हालिसक्थे भन्दै ज्ञानेन्द्रलाई सरकारले जेल हाल्नुपर्ने बताए ।
भट्टराईले भारतीय व्यापारीसँग साँठगाँठ गर्दै आएका पूर्व राजा ज्ञानेन्द्रलाई राष्ट्रवादी भन्न नमिल्ने समेत बताए । भट्टराईले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्द प्रति लक्ष्ति गर्दै भने ‘हाम्रा क्रान्तिकारी भनाउँदा साथीहरुले पनि राष्ट्रवादी देखेको अनौठो कुरा हो ।’
केही दिन अघि नेत्रविक्रमले ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिन्छ भनेका थिए भने आजमात्र मोहन वैद्यले समेत राष्ट्रवादी जो कोहीसँग पनि सहकार्य हुने भन्दै ज्ञानेन्द्रको नाम लिएका थिए ।
भट्टराईले पूर्व राजा ज्ञानेन्द्रलाई दलालको संज्ञा समेत दिएका छन् ।
श्रोत : डी सी नेपाल
एकीकृत एमाओवादीका नेता एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्नुपर्ने बताएका छन्।आज भट्टराई निवासमा पत्रकार सँग कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्रले निर्वाचन भाड्ने षड्यन्त्र गरे उनलाई सरकारले जेल हाल्नुपर्ने भट्टराईले बताएका हुन् । भट्टराईले पूर्व राजा ज्ञानेन्द्रले देशव्यापी भ्रमण गरेर चुनाव भाड्ने षड्यन्त्र गरेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । ज्ञानेन्द्र देशव्यापी भ्रमणमा रहेका बेला स्वागत थापिरहेको बेला भट्टराईले यस्तो बताएका हुन् ।
भट्टराईले उनकै निवास सानेपामा पत्रकारसँग कुरा गर्दै आफू ज्ञानेन्द्रको ठाउँमा भएको भए जेल हालिसक्थे भन्दै ज्ञानेन्द्रलाई सरकारले जेल हाल्नुपर्ने बताए ।
भट्टराईले भारतीय व्यापारीसँग साँठगाँठ गर्दै आएका पूर्व राजा ज्ञानेन्द्रलाई राष्ट्रवादी भन्न नमिल्ने समेत बताए । भट्टराईले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्द प्रति लक्ष्ति गर्दै भने ‘हाम्रा क्रान्तिकारी भनाउँदा साथीहरुले पनि राष्ट्रवादी देखेको अनौठो कुरा हो ।’
केही दिन अघि नेत्रविक्रमले ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिन्छ भनेका थिए भने आजमात्र मोहन वैद्यले समेत राष्ट्रवादी जो कोहीसँग पनि सहकार्य हुने भन्दै ज्ञानेन्द्रको नाम लिएका थिए ।
भट्टराईले पूर्व राजा ज्ञानेन्द्रलाई दलालको संज्ञा समेत दिएका छन् ।
श्रोत : डी सी नेपाल
|
|

0 comments:
Post a Comment