Saturday, July 6, 2013

हत्याको अभियोगमा मलेसियामा तीन नेपाली हिरासतमा..

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस

सिंगै कम्पनीका श्रमिकले मलेसिया छाड्न नपाउने


२३ असार, तमिल मूलका मलेसियन नागरिकको हत्या अभियोगमा मलेसियामा तीन जना नेपाली र ६ जना वंगलादेशि नागरिक थुनामा परेका छन् ।
सेलङरमा रहेको डेल्वोएड भेन्चर बरहाद कम्पनीमा कार्यरत सिराहाका मङगल यादब, महोत्तरीका सञ्जयकुमार शाह र रौतहटका बलरामकुमार मण्डललाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले दिएको जानकारीअनुसार गएको आईतवार साँझपख ती तामिलले मादक पदार्थ सेवन गरी होस्टलको गेट अगाडि गाडि रोकि श्रमिकहरुलाई वोलाउँदै पिट्न सुरु गरेका थिए । आफ्ना धेरै साथीहरु कुटिएपछि नेपाली श्रमिकहरुले प्रतिकार गरेका थिए ।
घटनाबारे कम्पनीको सुपरभाईजरलाई खवर गरेपछि आक्रमणकारी तमिल पाँच वर्षअघि सोही कम्पनीमा कार्यरत रहेको पत्ता लागेको थियो । सुपरभाईजरले उनकेा घर परिवारलाई सम्पर्क गरी घटनाको वारे जानकारी गराएपछि परिवारका सदस्य आएर उनलाई घर लगेका थिए ।
घर लगेपछि उनको अबस्था गम्भिर भएको र तत्कालै केलाङ अस्पताल पुर्‍याई उपचार थालिएको थियो । उपचार गराईरहेको अवस्थामा सोमवार दिउँसो निजको मृत्यु भएको थियो ।
घटनापश्चात मंगलवार नेपाली श्रमिकरुले नेपाली दुतावासमा खवर गरेका थिए । नेपाली दूतावासले पनि स्थानीय निकायहरुलाई जानकारी गराईसकेको छ । नेपाली दुतावासका कर्मचारी कृष्ण विष्ट कम्पनीमा तथा स्थानिय प्रहरी कार्यालयमा पुगि त्यसक्षेत्रका श्रमिकहरुको सुरक्षा ब्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।
हाल उक्त क्षेत्रमा प्रहरीले सुरक्षा तैनाथी वाक्लो वनाएको छ । प्रहरीले सोहि अभियोगमा विभिन्न व्यक्तिहरुसंग सोधपुछ गरिरहेको छ । स्थानिय प्रहरीले घटनाको छानविन पुरा नहुँदासम्म त्यस कम्पनीमा कार्यरत श्रमिकहरुलाई कम्पनी तथा देश नछाड्न समेत अनुरोध गरेको विष्टले जानकारी गराउनु भयो ।
नेपाली श्रमिकहरुले उक्त ब्यक्तिलाई आफुहरुले कुटपिट नगरेको वताउँदै आएका छन । आफुलाइ कम्पनी आउन जान र बाहिर निस्कन खतरा भएको भन्दै नेपाली श्रमिकहरुले सुरक्षाको व्यवस्था मिलाईदिन समेत सम्वन्धित निकायहरुमा अनुरोध गरेका छन ।

0 comments:

Post a Comment