|
|
संयुक्त अरब इमिरेट्स युएईको अबुधाबी अदालतले पाकिस्तानी नागरिकको हत्याको आरोपमा एक नेपालीलाई मृत्युदण्ड हुने गरीको सजायँ सुनाएको छ ।
संखुवासभा मंडेपोखरी ३ का अनिश खालिङ राईलाई त्यहाँको अदालतले शनिबार मृत्युबदण्डको सजायँ सुनाएको हो ।
यूएईको एक रेष्टुरेन्टमा केही महिना पहिले भएको भनाभनमा नेपाली र पाकिस्तानी नागरिककाबीच झगडा भएको थियो । झगडापछिको झडपमा घाइते भएका पाकिस्तानीको ज्यान गएपछि राई २०६९ कार्तिक ९ गते पक्राउ परेका थिए ।
युएईमा यो सँगै मृत्यु दण्डको सजायँ पाउने नेपालीको संख्या ३ पुगेको छ । सन २००३ मा दार्चुलाका अमरबहादुर बम र दुर्गाबहादुर सुनारलाई फरक फरक घटनामा यूएई सरकारले मृत्यु दण्डको सजाय समेत सुनाएको थियो ।
बेखबर दुतावास
राईलाई मृत्यूदण्डको सजायँ सुनाएको बारे नेपाली राजदुतावासमा दुतावासमा आधिकारिक जानकारी नआएको युएईका लागि नेपाली राजदुतावास अबुधाबीका नियोग उपप्रमुख दीपक अधिकारीले जानकारी दिएका छन ।
आफ्ना नागरीक लाई मृत्यु दण्ड हुने गरी सजाँय दिदा समेत बेखबर रहेको सरकारी निकायले कसरी न्याय दिन सक्ला त चासोको विषय बनेको छ । सरकार तथा सम्वन्धीत निकायले बेलैमा ध्यान नपुर्याए एक निहत्था नेपालीले ज्यान गुमाउनेछन ।
|
|







0 comments:
Post a Comment