Sunday, July 7, 2013

९२ वर्षका वृद्धले भित्राए २२ वर्षकी बेहुली..

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 
 

बेहुला र बेहुलीको उमेरको अन्तर कति होला ? अनमेल विवाह होइन भने बढिमा ५-१० वर्ष । तर इराकका एक पुरुषले भने आफुभन्दा ७० वर्ष कान्छी युवतीलाई दुलही बनाएर घरमा भित्राएका छन् ।

१६ वटा छोराछोरीका बाउ बनिसकेका ९२ वर्षकी मुसाली मोहम्मद अल मुजामाईले २२ वर्षकी युवतीसँग बिहे गरेका हुन् ।





मध्य इराकको गुब्बान क्षेत्रका मुसालीले बिहिबार २२ वर्षकी मुना मुखलिफ अल जुबुरीसँग बिहे एक वैवाहिक समारोहमा बिहे गरे । ४ घण्टासम्म चलेको उक्त धूमधामपूर्ण विवाह समारोहमा विभिन्न सांगितिक कार्यक्रमका साथै हर्षबडाइका रुपमा बन्दुक समेत पड्काइएको थियो । उक्त बिहे समारोहमा स्थानीय आदिवासी तथा धार्मिक नेताहरुको समेत उपस्थिति रहेको न्युयोर्क डेलीले जनाएको छ ।



डाँडापारीको जून बनिसकेका बेहुला मुजामाइले बिहे पछि बोल्दै भने,’मलाई आफु २० वर्षे ठिटो भएजस्तो लागेको छ ।’

बिहे गरेको ६० वर्षसम्म सँगै जिवन बिताएकी मुजामाइकी जेठी श्रीमतीको ३ वर्ष पहिले निधन भएको थियो ।


0 comments:

Post a Comment