Wednesday, July 24, 2013

'बाबुराम भट्टराई अब शिवसेनाको निगरानीमा'..

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
काठमाडौं, श्रावण ९ - शिवसेना नेपालले पूर्वप्रधानमन्त्री एवं एमाओवादी केन्द्रीय सदस्य बाबुराम भट्टराईलाई 'निगरानीमा राखेको' जनाएको छ ।
सुदूरपश्चिममा बाढीपीडितका लागि राहत बाँड्न गएका पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधि गम्भीर भन्दै भट्टराईले जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । शिवसेनाका अध्यक्ष अनिल बस्नेत तथा राष्ट्रिय अध्यक्ष अरुण सुवेदी बुधबार विज्ञप्ती जारी गर्दै भट्टराईको अभिव्यक्ति मानवधर्म विपरीत भएको ठहर गरेका छन् ।
भट्टराईले दिएको अभिव्यक्तिले राहत वितरणमा प्रभाव पार्न सक्दे भन्दै शिवसेना नेपालले आफ्नो युवा संगठन तथा रक्षा बाहिनीले निगरानीमा राखेको जनाएको हो ।
कान्तिपुर बाट 

0 comments:

Post a Comment