Saturday, July 13, 2013

चोरीको आरोपमा पर्यो आर्यनको सिनेमा..

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस

 
सिनेमा छानेर खेल्ने भनी चिनिएका नायक आर्यन सिग्देललाई असार २८ अर्थात शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘दबाब’ले ठूलै धक्का दिने संकेत गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्र एक विदेशी भाषाको सिनेमाबाट चोरिएको आरोप दर्शकले लगाएका छन् ।देशभर सिनेमा हेरेर हलबाट बाहिर निस्किएका धेरैजसो दर्शकले यो सिनेमा तलेगु भाषाको चलचित्र ‘परुगु’ बाट चोरिएको तर्क गरेका छन् । धरानका एक रंग पत्रकारका अनुसार चलचित्र ‘दबाब’ ‘परुगु’बाट चोरिएको भन्दै दर्शकहरुले असन्तुष्टी व्यक्त गरेका छन् । दर्शकहरुले आर्यन सिग्देलले पनि यस्तो सिनेमा खेल्दा रहेछन् भन्ने प्रतिक्रिया दिएको वुझिएको छ ।
दयाराम दाहालको निर्देशनमा तयार भएको यो सिनेमाको स्टोरी, दृश्य र प्रस्तुती तलेगु भाषामा बनेको चलचित्र ‘परुगु’सँग मिल्न गएको चलचित्र हेरेका केही पत्रकारले पनि दिएका छन् । प्रेमको लागि आफ्नो घर नै छोडेर हिड्ने युवायुवतीको कथावस्तुमा ‘दबाब’ तयार भएको छ । यता निर्माणपक्ष भने सिनेमा चोरिएको नभई कथा प्रभावित भएको दाबी गरिरहेको छ ।
आर्यन सिग्देल, निता ढुंगाना अभिनित यो चलचित्र पूर्णतया मसलेदार छ । सिनेमामा चकलेटी नायकको भूमिकामा देखिदै आएका आर्यन सिग्देलले ‘दबाब’मा भने द्वन्द्वलाई प्राथमिकता दिएका छन् ।

0 comments:

Post a Comment