|
|
..कम्पनी मालिक फरार भएपछि अलपत्र परेका नेपालीको अवस्था झन दर्दनाक बन्दै गएको छ । यूएईको रसअलखेमा राज्यको अल साब्री स्टिल वर्क नामक कम्पनीमा कार्यरत नेपाली डेढ बर्ष अघिदेखि अलपत्र परेका हुन । कम्पनी मालिक फरार भएपछि कम्पनीमा कार्यरत चार नेपाली अलपत्र परेका थिए । अलपत्र मध्ये अर्घाखाँची डिभर्नाका चिरन्जिवी कुँवर ६ महिना अघि नै नेपाल फर्किए भने अन्य ३ जना नेपाली अहिले सम्म अलपत्र अवस्थामा छन् । अदालतमा चलिरहेको मुद्दामा सफल भएपछि कुँवर फर्किएका हुन । कुवरलाई आफ्नै मामाले हावाइ टिकट उपलब्ध गराएपछि नेपाली फर्किन सफल भएका थिए । अलपत्र मध्येका ३ जनाको अझै उद्दार हुन सकेको छैन । उनीहरु मध्ये ईलामका माधव दाहालको मुद्दाको फैसला एक महिना अघि आएको हो ।
फैसलामा उनी निर्दोश भएको भनिएपनि हवाइ टिकटका लागि पैसा जुटाउन नसक्दा दाहाल स्वदेश फर्किन सकेका छैनन । बाँकी दुई जनाको मुद्दा अझै विचारधिन छ ।उनीहरुलाई कम्पनी मालिकले फसाएर फरार भए पछि अलपत्र परेका हुन । कम्पनी मालिक कारण बस जेलमा परेको समय कामदारको राहदानी जमानतमा राखी निस्किएर भागेकाले कम्पनीमा कार्यरत नेपाली अलपत्र परेका हुन् । मालिकनै जेलमा परेपछि निकाल्नका लागि आफ्ना राहदानी जमानतमा राख्न हस्ताक्षर गरी दिएका नेपालीले अहिलेसम्म राहदानी नपाएकोले ती नेपाली अलपत्र हुनु परेको हो । आफ्नो राहदानी अरुलाई गलत प्रायोजनका लागि दिएको आरोपमा ति नेपालीलाई मुद्दा लगाइएको हो ।
अलपत्र पर्नेमा इलामका माधव दाहाल तथा झापाका वेदप्रसाद तिमिल्सिना र दीपक आर्चाय छन् । “हामीहरुको गल्ती होइन भनेर हामी मध्येका एक जना चिरिन्जिबी कुँवरले छुट पाएका थिए , अहिले माधवले पनि पाए , ‘अब झन प्रमाणित भएको छ, अब हामी पनि छिट्टै नेपाल फर्किन पाउछौ कि भन्ने आशामा छौ”, अलपत्र नेपालीले भने ।
यसअघि राहदानी नभएपछि नेपाल फिर्ता पठाउन नसकिएको युएईमा रहेका बिभिन्न संघसंस्थाले जनाएका थिए । अहिले अदालत बाट आफ्नो पक्षमा फैसला आएको र पास्पोर्ट आँफै सगं भए पनि हवाइ टिकटका लागि पैसा जुटाउन नसक्दा इलाम शन्तिपुर २ नेहीतका माधव दाहाल स्वदेश फिर्न पाएका छैनन । दाहालले युएईमा रहेका धेरै सघंसस्था सगं हार गुहार मागे पनि कसै बाट सुनुवाई नभएको गुनासो गरे । संघसस्थाका प्रमुख केही प्रतिनिधि सगं आफ्नो समस्या बताए पनि कसैले केही सहयोग नगरेको उनको गुनासो छ । ‘बरु मलाई ऋणनै दिए पनि नेपाल गएर तिर्ने थिए,’ ‘जसरी हुन्छ मलाई हवाई टिकट उपलब्ध गराइदिन सहयोग गर्नुहोस्, दाहालले संचारकर्मी सगं भने । सामाजिक सघंसस्थाबाट सहयोग पाए आफु नेपाल फर्किन पाउने आशा दाहालको छ ।
’कम्पनीले दिने हो भने धेरै रकम पाउन बाँकी छ , तर अब कम्पनीको मालिकनै फरार भएको र हाल: कम्पनी पनि बिक्री भएको र आफुहरुलाई अन्यत्र अरु कम्पनीको मजदुर क्याम्पमा दुबइको अल्कुजमा राखिएकोले कम्पनी बाट सहयोग हुने आशा छैन , दाहलले भने ।
‘मालिक जेलमा परे पछि तलब पाइएन ,मालिकलाई छुटाउन पाए आफ्नो सेवा सुविधा पाइन्थ्यो कि भनेर राहदानी बुझाउन सहमति जनायौं,’ ‘अहिले आफै अलपत्र परियो, अलपत्र परेका झापाका वेद प्रसाद तिमिल्सिनाले भने । गत एक बर्ष अघि जुन महिनामा दुतावासका कर्मचारीको टोली आएर हामीलाई यूएई दिराम्स २ सय दिनुभएको थियो । अन्य सहयोग कतैबाट आएको छैन। ‘त्यस पछि हामीलाई कसैले सहयोग गरेन’ अलपत्र नेपालीले भक्कानिदै भने ।
|
|







0 comments:
Post a Comment