|
|
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
ल्यापटप, मोवाइल र घडी भेटेपछि शीर्षनेताहरु मख्खै
२७ असार, बेल्जियम । प्रवासस्थित नेपाली कांग्रेसको भातृसंगठन हो जनसम्पर्क समिति । कांग्रेसका यो भातृ संगठनको विवाद बेला बेलामा चर्चामा आइरहन्छ । माओवादी द्वन्दकालमा विभिन्न कारणले विस्थापित भई शरणार्थी प्रक्रियाद्वारा स्थायी र अस्थायीरुपमा विदेशमा बसोबास गर्दै आएका प्रवासी नेपालीहरुका साथै विभिन्न कालखण्डमा अध्ययन, अध्यापन र कामको खोजीमा विदेश पुगेका कांग्रेस समर्थित नेपालीहरुले स्थापना गरेको संगठन हो जनसम्पर्क समिति ,
भर्खरै आफ्नो नियमित स्वास्थ्य जाँचका लागि अमेरिका पुगेका पार्टी सभापति सुशील कोइरालासमेत विभाजित कार्यकर्ताका कारण अलमलमा पर्नुभएको छ । काँग्रेसका हरेक केन्द्रीय सदस्य विदेश भ्रमण गर्दा कार्यकर्ताको गुट र उपगुटका कारण विवादित बनेका छन् । गतवर्ष बेल्जियम पुगेका नेता बिमलेन्द्र निधीसमेत कार्यकर्ताबाट आलोचित बन्नुभयो । बेल्जियम र बेलायतको भ्रमणताका उपसभापति रामचन्द्रको हालत पनि विगतमा त्यही रह्यो ।
करिव एक वर्षअगाडि जनसम्पर्क समिति इटालीको अधिवेशनमा भाग लिन आइपुग्नु भएका नेता अर्जुननरसिंह केसीले बेल्जियममा टेलिफोन गर्दै भन्नुभयो- ‘मलाई बेल्जियम घुम्न त मन छ, तर काँग्रेसका त्यहाँ दुईवटा गुट छन् रे, त्यसकारण आउन मन लागेन ।’ त्यस्तै जर्मन र स्वीट्जरल्याण्ड आएर घुम्न गएका पुर्वसभासद गगन थापा पनि बेल्जियम आउन चाहनुभएन ।
बेल्जियममा कुटाकुट
जनसम्पर्क समितिमा जापानदेखि अमेरिका एवं युरोपसम्म नै विवादै विवाद छ । बेल्जियमस्थित जनसम्पर्क समितिको अधिवेशन गत जून २ तारिखमा सम्पन्न भयो । नेपाली काँग्रेस केन्द्रीय सदस्य अर्जुन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न निर्वाचनमा काँग्रेसका कार्यकर्ताहरु दुई गुट भएर निर्वाचनमा होमिए । अधिवेशन उद्घाटन गर्ने क्रममा प्रमुख अतिथि अर्जुन जोशीले पूर्ण सफलताको कामना गरे पनि कार्यकर्ताहरु मदिरापानमा लठ्ठिएर बसे । जब निर्वाचन शुरु भई मतगणना प्रक्रिया अगाडि बढ्न थाल्यो, एउटा पक्ष परिणाम आफ्नो पक्षमा नआउने निश्चित भएपछि हातपातको स्थितिमा उत्रियो ।
बेल्जियमको लुभेनस्थित एक नेपालीको रेष्टुरेन्टमा भइरहेको मतगणना र यसको परिणामवाट उत्पन्न विवादले उक्त रेष्टुरेन्टका झ्याल, ढोका, कुर्सी सबै तोडिए । केही नेपालीलाई चोटपटक लाग्यो र अन्त्यमा बेल्जियमस्थित सुरक्षाकर्मी बोलाउनुपर्यो ।
विकसित मुलुकमा बसेर राजनीतिक संस्कार देखाउनुपर्नेमा एउटै पार्टीभित्र एकपक्षले अर्कोपक्षलाई तह लगाउन सुरक्षाकर्मी बोलाउनु जस्तो दुःखद र लज्जास्पद घटनाले जनसम्पर्क समितिको साख घटाएको महसुस धेरैले गरेका छन् । भिडन्तको समाचार विहानपख मात्रै सुन्न पुगेका स्वयं काग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी छक्कै परे ।
नेपालमा कांग्रेस एउटै पार्टी भए पनि विदेशमा चाहिँ अहिलेसम्म शेरवहादुर देउवा र शुशील कोइरालाका नाममा दुईवटा गुटहरु छन् । त्यसैमध्येका कोइराला गुट मानिएकाहरु आफूलाई बीपीका सच्चा अनुयायी हौं भनेर विगतदेखि नै जनसम्पर्क समितिको साटो बीपी प्रतिष्ठान नामक संस्था खोल्नतिर लागेका छन् र त्यसैमार्फत राजनीतिक कार्यक्रम गर्दै आएका छन् । त्यसमा आवद्ध कार्यकर्ताले बेल्जियम जनसम्पर्क समितिको अधिवेशनलाई नमान्ने भन्दै कांग्रेसको केन्द्रीय कार्यालयमा संयुक्त हस्ताक्षर पठाएका छन् । लामो समयदेखि विवादित रहेको बेल्जियमका जनसम्पर्क समितिको अधिवेशन कार्यकर्ताको दबावका कारण बारम्बार केन्द्रले सार्नुपरेको छ ।
विवादको जन्म अमेरिकाबाट
अमेरिकाको हालत पनि कम छैन । जनसम्पर्क समितिको विवादको शुरुवात अमेरिकाबाटै भएको बताउँछन्, जानकारहरु । काँग्रेसमा सहअस्तित्वका लागि लडेका जनसम्पर्क समिति अमेरिकाले दुईवटा समानान्तर समिति गठन गरेपछि सन् २००५ मा स्थापना गरिएको अमेरिकी जनसम्पर्क समिति स्थापनाको शुरुवातमै दुईटा समिति गठन भएर विवादित भएका थिए ।
लामो समयसम्म विवादित रहेकोे उक्त समानान्तर समितिलाई गत वर्ष केन्द्रले विघटन गरिदिएको थियो । कतिपय शीर्ष नेतालेसमेत विवाद मिलाउन नसकेको अमेरिकी जनसम्पर्क समितिको विवादलाई गत जनवरीमा आपसी समझदारीको आधारमा मिलाइएको थियो ।
जापानको विवाद
जूनको पहिलो हप्ता जापानस्थित जनसम्पर्क समितिको अधिवेशन हुँदाहुँदै अचानक बन्दसत्रपछि नेतृत्व चयनको विवादले स्थगित हुनपुग्यो । केन्द्रीय सदस्य अर्जुन जोशी र प्रकाशमान श्रेष्ठकोसमेत उपस्थिति रहेको सो अधिवेशनमा मिलेर जाने अन्तिम प्रयास गर्दागर्दै पनि निकास ननिस्किँदा सबै कार्यकर्ता निराशमात्रै बनेनन् अचम्ममा पर्दै भन्दै थिए- ‘बर्मा गए कर्मसँगैं भनेजस्तो कांग्रेसीहरु संसारमा जहाँ पुगे पनि आपसमा मिल्न नसक्ने भए ।’
बेलायतका कांग्रेसी पनि के कम
जूनको दोस्रो हप्तातिर सम्पन्न अधिवेशनमा सयौंको संख्यामा कार्यकर्ताहरु उपस्थित थिए । करिव दुई लाख नेपालीहरुको बसोबास रहेको बेलायतमा विगतमा जनसम्पर्क समिति टुक्रिएको थियो । अहिले विवादरहित अध्यक्ष चयन गरे पनि समिति भित्रको विवाद यथावत छ । बेलायतमा सुजाता र रामचन्द्र गुट भनिने दुईवटा गुटहरु स्पष्टरुपमा देखिएका छन् ।
कांग्रेसहरु किन गर्छन् संसारभरि झगडा ?
नेपाली काँग्रेसले बारम्बार बिभिन्न देशका जनसम्पर्क समितिका नाममा लेबी रकम मातृ पार्टीमा दाखिला गर्ने निर्देशनात्मक पत्र पनि नेपालबाट पठाइरहेको देखिन्छ । तर, यसरी विभाजित गुटले काँग्रेसलाई असरमात्रै गरेको छैन, प्रवासी भातृसंगठनका झिनामसिना विवाद नेताहरुको टाउको दुखाइको विषय पनि बनेको छ । वास्तवमा जनसम्पर्क समितिका यी लडाईहरु केवल प्रतिशोध र व्यक्तिगत रुपमा केन्द्रभित्र कसको पावर कति छ भन्ने विक्षिप्त मनोगतको मूर्खतापूर्ण लडाइँ हो । यस्तो प्रवृत्तिले सिंगो पार्टीको छविलाई मात्र होइन, कांग्रेसका नेताहरुको छविलाई पनि बिगारेको छ ।
हरेक उत्पन्न विवादहरु महाधिवेशनमै गएर टंुगिनुपर्ने हो । तर, महाधिवेशनबाट पनि विवाद नटुंगिनुले अराजक अराजकता बढेको प्रमाणित गर्छ । अर्कोतिर, विदेश घुम्न आएका नेतालाई ल्यापटप, मोवाइल र घडी उपहार दिएर आफ्नो पक्षमा पार्ने प्रयास गरिन्छ । नेताले पनि कार्यकर्ताका त्यस्ता उपहारहरु सहर्ष ग्रहण गर्दछन् ।केही वर्ष पहिले बेलायतवासी नेपालीहरुले सुजाता कोइरालाईलाई दिएको उपहारको प्रशंग निकै चर्चित बनेको थियो ।
नेपाली कांग्रेसभित्र नातावाद, कृपावाद, अवसरवाद र गुटवन्दीको आरोप लागे पनि यो एउटा पुरानो राजनीतिक पार्टी हो । कांगेस कुनै कर्मचारीको आयोग वा संस्थाको समिति होइन । त्यसर्थ यसरी गलत आशय र उद्देश्यका लागि पार्टीका कार्यकर्ताहरु विभाजित हुन पुग्नु ज्यादै दुःखलाग्दो विषय हो । पार्टीले विदेशस्थित भातृ संगठनहरुलाई परोक्ष आर्शिवाद दिनु, फलानो दाइ, भन्दै मोवाइल र ल्यापटप बोक्दै नेताको घर-घरमा चाकडी गर्न पुग्ने र स्वीकार्ने परिपाटी नै यो गुटबन्दीको प्रमुख कारण हो । कसैसँग व्यक्तिगत चिनजानको आधारमा सिद्धान्तलाई कुल्चेर पद हडपी नाम कमाउन चाहने कार्यकर्ताहरुको गुटले त्याग र बलिदान दिएर आएका कार्यकर्ताहरुको अवमूल्यन त गरेकै छ, यसले बीपीको सपनामाथि पनि बलात्कार गरिरहेको छ ।
यसरी छिन्न भिन्न र विवादित हुँदा विगतको संविधानसभा चुनावमा कांग्रेसले नराम्रोसँग पराजय भोग्नु परेको पीडा कसैले स्मरण गरेको देखिँदैन । आफूले जनाधार गुमाउँदै गएको वस्तुतथ्य र संगठनात्मक संरचनामा आएको कमी कमजोरी समयमै सही विश्लेषण गरी आफैंलाई सुधार्दै लैजानुपर्ने काँग्रेसका भातृ संगठनको आवश्यकता हो । त्यसैले संविधानसभाको चुनाव आउन लागेका बेला यसरी अराजनीतिक झगडामा नअल्मलिने पो हो कि ?
(पौडेल बेल्जियमस्थित गैरआवासीय नेपाली हुनुहुन्छ)
ल्यापटप, मोवाइल र घडी भेटेपछि शीर्षनेताहरु मख्खै
२७ असार, बेल्जियम । प्रवासस्थित नेपाली कांग्रेसको भातृसंगठन हो जनसम्पर्क समिति । कांग्रेसका यो भातृ संगठनको विवाद बेला बेलामा चर्चामा आइरहन्छ । माओवादी द्वन्दकालमा विभिन्न कारणले विस्थापित भई शरणार्थी प्रक्रियाद्वारा स्थायी र अस्थायीरुपमा विदेशमा बसोबास गर्दै आएका प्रवासी नेपालीहरुका साथै विभिन्न कालखण्डमा अध्ययन, अध्यापन र कामको खोजीमा विदेश पुगेका कांग्रेस समर्थित नेपालीहरुले स्थापना गरेको संगठन हो जनसम्पर्क समिति ,भर्खरै आफ्नो नियमित स्वास्थ्य जाँचका लागि अमेरिका पुगेका पार्टी सभापति सुशील कोइरालासमेत विभाजित कार्यकर्ताका कारण अलमलमा पर्नुभएको छ । काँग्रेसका हरेक केन्द्रीय सदस्य विदेश भ्रमण गर्दा कार्यकर्ताको गुट र उपगुटका कारण विवादित बनेका छन् । गतवर्ष बेल्जियम पुगेका नेता बिमलेन्द्र निधीसमेत कार्यकर्ताबाट आलोचित बन्नुभयो । बेल्जियम र बेलायतको भ्रमणताका उपसभापति रामचन्द्रको हालत पनि विगतमा त्यही रह्यो ।
करिव एक वर्षअगाडि जनसम्पर्क समिति इटालीको अधिवेशनमा भाग लिन आइपुग्नु भएका नेता अर्जुननरसिंह केसीले बेल्जियममा टेलिफोन गर्दै भन्नुभयो- ‘मलाई बेल्जियम घुम्न त मन छ, तर काँग्रेसका त्यहाँ दुईवटा गुट छन् रे, त्यसकारण आउन मन लागेन ।’ त्यस्तै जर्मन र स्वीट्जरल्याण्ड आएर घुम्न गएका पुर्वसभासद गगन थापा पनि बेल्जियम आउन चाहनुभएन ।
बेल्जियममा कुटाकुट
जनसम्पर्क समितिमा जापानदेखि अमेरिका एवं युरोपसम्म नै विवादै विवाद छ । बेल्जियमस्थित जनसम्पर्क समितिको अधिवेशन गत जून २ तारिखमा सम्पन्न भयो । नेपाली काँग्रेस केन्द्रीय सदस्य अर्जुन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न निर्वाचनमा काँग्रेसका कार्यकर्ताहरु दुई गुट भएर निर्वाचनमा होमिए । अधिवेशन उद्घाटन गर्ने क्रममा प्रमुख अतिथि अर्जुन जोशीले पूर्ण सफलताको कामना गरे पनि कार्यकर्ताहरु मदिरापानमा लठ्ठिएर बसे । जब निर्वाचन शुरु भई मतगणना प्रक्रिया अगाडि बढ्न थाल्यो, एउटा पक्ष परिणाम आफ्नो पक्षमा नआउने निश्चित भएपछि हातपातको स्थितिमा उत्रियो ।
बेल्जियमको लुभेनस्थित एक नेपालीको रेष्टुरेन्टमा भइरहेको मतगणना र यसको परिणामवाट उत्पन्न विवादले उक्त रेष्टुरेन्टका झ्याल, ढोका, कुर्सी सबै तोडिए । केही नेपालीलाई चोटपटक लाग्यो र अन्त्यमा बेल्जियमस्थित सुरक्षाकर्मी बोलाउनुपर्यो ।
विकसित मुलुकमा बसेर राजनीतिक संस्कार देखाउनुपर्नेमा एउटै पार्टीभित्र एकपक्षले अर्कोपक्षलाई तह लगाउन सुरक्षाकर्मी बोलाउनु जस्तो दुःखद र लज्जास्पद घटनाले जनसम्पर्क समितिको साख घटाएको महसुस धेरैले गरेका छन् । भिडन्तको समाचार विहानपख मात्रै सुन्न पुगेका स्वयं काग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी छक्कै परे ।
नेपालमा कांग्रेस एउटै पार्टी भए पनि विदेशमा चाहिँ अहिलेसम्म शेरवहादुर देउवा र शुशील कोइरालाका नाममा दुईवटा गुटहरु छन् । त्यसैमध्येका कोइराला गुट मानिएकाहरु आफूलाई बीपीका सच्चा अनुयायी हौं भनेर विगतदेखि नै जनसम्पर्क समितिको साटो बीपी प्रतिष्ठान नामक संस्था खोल्नतिर लागेका छन् र त्यसैमार्फत राजनीतिक कार्यक्रम गर्दै आएका छन् । त्यसमा आवद्ध कार्यकर्ताले बेल्जियम जनसम्पर्क समितिको अधिवेशनलाई नमान्ने भन्दै कांग्रेसको केन्द्रीय कार्यालयमा संयुक्त हस्ताक्षर पठाएका छन् । लामो समयदेखि विवादित रहेको बेल्जियमका जनसम्पर्क समितिको अधिवेशन कार्यकर्ताको दबावका कारण बारम्बार केन्द्रले सार्नुपरेको छ ।
विवादको जन्म अमेरिकाबाट
अमेरिकाको हालत पनि कम छैन । जनसम्पर्क समितिको विवादको शुरुवात अमेरिकाबाटै भएको बताउँछन्, जानकारहरु । काँग्रेसमा सहअस्तित्वका लागि लडेका जनसम्पर्क समिति अमेरिकाले दुईवटा समानान्तर समिति गठन गरेपछि सन् २००५ मा स्थापना गरिएको अमेरिकी जनसम्पर्क समिति स्थापनाको शुरुवातमै दुईटा समिति गठन भएर विवादित भएका थिए ।
लामो समयसम्म विवादित रहेकोे उक्त समानान्तर समितिलाई गत वर्ष केन्द्रले विघटन गरिदिएको थियो । कतिपय शीर्ष नेतालेसमेत विवाद मिलाउन नसकेको अमेरिकी जनसम्पर्क समितिको विवादलाई गत जनवरीमा आपसी समझदारीको आधारमा मिलाइएको थियो ।
जापानको विवाद
जूनको पहिलो हप्ता जापानस्थित जनसम्पर्क समितिको अधिवेशन हुँदाहुँदै अचानक बन्दसत्रपछि नेतृत्व चयनको विवादले स्थगित हुनपुग्यो । केन्द्रीय सदस्य अर्जुन जोशी र प्रकाशमान श्रेष्ठकोसमेत उपस्थिति रहेको सो अधिवेशनमा मिलेर जाने अन्तिम प्रयास गर्दागर्दै पनि निकास ननिस्किँदा सबै कार्यकर्ता निराशमात्रै बनेनन् अचम्ममा पर्दै भन्दै थिए- ‘बर्मा गए कर्मसँगैं भनेजस्तो कांग्रेसीहरु संसारमा जहाँ पुगे पनि आपसमा मिल्न नसक्ने भए ।’
बेलायतका कांग्रेसी पनि के कम
जूनको दोस्रो हप्तातिर सम्पन्न अधिवेशनमा सयौंको संख्यामा कार्यकर्ताहरु उपस्थित थिए । करिव दुई लाख नेपालीहरुको बसोबास रहेको बेलायतमा विगतमा जनसम्पर्क समिति टुक्रिएको थियो । अहिले विवादरहित अध्यक्ष चयन गरे पनि समिति भित्रको विवाद यथावत छ । बेलायतमा सुजाता र रामचन्द्र गुट भनिने दुईवटा गुटहरु स्पष्टरुपमा देखिएका छन् ।
कांग्रेसहरु किन गर्छन् संसारभरि झगडा ?
नेपाली काँग्रेसले बारम्बार बिभिन्न देशका जनसम्पर्क समितिका नाममा लेबी रकम मातृ पार्टीमा दाखिला गर्ने निर्देशनात्मक पत्र पनि नेपालबाट पठाइरहेको देखिन्छ । तर, यसरी विभाजित गुटले काँग्रेसलाई असरमात्रै गरेको छैन, प्रवासी भातृसंगठनका झिनामसिना विवाद नेताहरुको टाउको दुखाइको विषय पनि बनेको छ । वास्तवमा जनसम्पर्क समितिका यी लडाईहरु केवल प्रतिशोध र व्यक्तिगत रुपमा केन्द्रभित्र कसको पावर कति छ भन्ने विक्षिप्त मनोगतको मूर्खतापूर्ण लडाइँ हो । यस्तो प्रवृत्तिले सिंगो पार्टीको छविलाई मात्र होइन, कांग्रेसका नेताहरुको छविलाई पनि बिगारेको छ ।
हरेक उत्पन्न विवादहरु महाधिवेशनमै गएर टंुगिनुपर्ने हो । तर, महाधिवेशनबाट पनि विवाद नटुंगिनुले अराजक अराजकता बढेको प्रमाणित गर्छ । अर्कोतिर, विदेश घुम्न आएका नेतालाई ल्यापटप, मोवाइल र घडी उपहार दिएर आफ्नो पक्षमा पार्ने प्रयास गरिन्छ । नेताले पनि कार्यकर्ताका त्यस्ता उपहारहरु सहर्ष ग्रहण गर्दछन् ।केही वर्ष पहिले बेलायतवासी नेपालीहरुले सुजाता कोइरालाईलाई दिएको उपहारको प्रशंग निकै चर्चित बनेको थियो ।
नेपाली कांग्रेसभित्र नातावाद, कृपावाद, अवसरवाद र गुटवन्दीको आरोप लागे पनि यो एउटा पुरानो राजनीतिक पार्टी हो । कांगेस कुनै कर्मचारीको आयोग वा संस्थाको समिति होइन । त्यसर्थ यसरी गलत आशय र उद्देश्यका लागि पार्टीका कार्यकर्ताहरु विभाजित हुन पुग्नु ज्यादै दुःखलाग्दो विषय हो । पार्टीले विदेशस्थित भातृ संगठनहरुलाई परोक्ष आर्शिवाद दिनु, फलानो दाइ, भन्दै मोवाइल र ल्यापटप बोक्दै नेताको घर-घरमा चाकडी गर्न पुग्ने र स्वीकार्ने परिपाटी नै यो गुटबन्दीको प्रमुख कारण हो । कसैसँग व्यक्तिगत चिनजानको आधारमा सिद्धान्तलाई कुल्चेर पद हडपी नाम कमाउन चाहने कार्यकर्ताहरुको गुटले त्याग र बलिदान दिएर आएका कार्यकर्ताहरुको अवमूल्यन त गरेकै छ, यसले बीपीको सपनामाथि पनि बलात्कार गरिरहेको छ ।
यसरी छिन्न भिन्न र विवादित हुँदा विगतको संविधानसभा चुनावमा कांग्रेसले नराम्रोसँग पराजय भोग्नु परेको पीडा कसैले स्मरण गरेको देखिँदैन । आफूले जनाधार गुमाउँदै गएको वस्तुतथ्य र संगठनात्मक संरचनामा आएको कमी कमजोरी समयमै सही विश्लेषण गरी आफैंलाई सुधार्दै लैजानुपर्ने काँग्रेसका भातृ संगठनको आवश्यकता हो । त्यसैले संविधानसभाको चुनाव आउन लागेका बेला यसरी अराजनीतिक झगडामा नअल्मलिने पो हो कि ?
(पौडेल बेल्जियमस्थित गैरआवासीय नेपाली हुनुहुन्छ)
|
|

0 comments:
Post a Comment