|
|
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
२५ असार, काठमाण्डौं । मुलुककै कार्यकारी प्रमुख बस्ने बालुवाटार परिसरबाट एउटा भवन गायब भएको छ । प्रधानमन्त्रीसहित महत्वपूर्ण व्यक्तिको निवास परिसरबाटै एक तलाको ८४.३३ बर्ग किलोमिटर क्षेत्रफलको भवन गायब भएको हो । पास भएको डिजाइन नक्साबमोजिम दुईवटा घर बन्नुपर्नेमा भवन निर्माण सम्भार डिभिजन कार्यालयले एउटा घर नै गायब पारिदिएको हो ।
२०६६ साल चैतमा डिभिजन कार्यालय अनामनगरले डाँफे/धुकुछु/सूर्यचन्द्र जेबीसँग दुईवटा अलग अलग भवन बनाउने सम्झौता गरेको थियो । तर भवन बनिसक्दा डिजाइन र नक्सामा कतै उल्लेख नभएको एकतले घर छेवैको तीनतलेमा खप्टिएको मंगलबार प्रकाशित अन्नपूर्ण पोष्टमा खबर छ । सरकारले पास गरेको नक्सा र डिजाइनअनुसार प्रधानमन्त्री निवास बालुवाटारभित्र तीन तलाको अधिकृत भवन निर्माण हुनुपर्ने थियो । त्यस अनुसार ४९८.६८ वर्गमिटरको भुइँ तला, पहिलो तला र दोस्रो तला तथा माथिल्लो तला २६.४५ वर्गमिटरको हुनुपर्ने थियो । सैनिक भवनको डिजाइन तथा नक्सा सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक आईबी श्रेष्ठले गरेका थिए । एकतले भवनको डिजाइन तथा नक्सा निर्माण सम्भार डिजाइन कार्यालयका प्रमुख सुपरिटेन्डेन्ट सुरोज राजकणिर्कारले स्वीकृत गरेका थिए । पछि सानो घर हटाएर अर्कोमा खप्टाउने निर्देशन पनि राजकणिर्कारले नै दिएका थिए ।
नक्साविपरीतको भवन बनाउनुअभि विभागले नयाँ नक्सा स्कीकृत गर्नुपर्छ । यसबारे डिभिजन कार्यालयका प्रमुख सुई कणिर्कारले भवन निर्माण गर्ने क्रममा व्यावहारिक नदेखिएका कारण छुट्टै घर बनाउने योजना रद्द गरेको बताए ।

0 comments:
Post a Comment