Saturday, July 20, 2013

मंगल ग्रहमा समुद्र रहेको पुष्टि...,

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस


वैज्ञानिक तथा खगोलशास्त्रीहरुले मंगल ग्रहमा पानी रहे नरहेको, जिवनको सम्भावना रहे नरहेको विषयमा लामो समयदेखि खोज अनुसन्धान गरिरहेका छन् । मंगल ग्रहमा लाखौँ वर्षपहिले समुद्र रहेको भन्ने खालका कथनहरुमा वैज्ञानिकहरु एकमत नभएका भएपनि मंगल ग्रहमा पानीको अंश रहेको विभिन्न अनुसन्धानले देखाएका छन् ।

तर पछिल्लो अनुसन्धानले भने मंगल ग्रहमा अबौँ वर्षपहिले विशाल समुद्र रहेको तथ्य पुष्टि गरेको छ । अमेरिकाको क्यालिफोर्निया इन्स्टच्युट अफ टेक्नोलोजीका शोधकर्ताहरुले मंगल ग्रहमा अरबौँ वर्षपहिले मार्टिन नामको समुद्र रहेको सबूत फेला परेको दाबी गरेका हुन् ।



मार्टिन नामको उक्त समुद्रले मंगल ग्रहको एक तिहाइ भाग ओगटेको थियो । उक्त समुद्रको अवशेष अहिले पनि बाँकी रहेको बताइएको छ । मंगल ग्रहको हाइ रिजोलुसन तस्वीरको विश्लेषणबाट शोधकर्ताहरुले यस्तो निष्कर्षनिकालेका हुन् ।

यसैबीच मंगल ग्रहको अनुसन्धानका लागि एक वर्षघि पठाइएको क्युरोसिटी रोबरले एक किलोमिटर दुरी तय गर्दै किर्तिमान बनाएको छ । अघिल्लो वर्षो अगष्ट ५ मा मंगल ग्रहको सतहमा उत्रिएको क्युरोसिटी अब मंगल ग्रहको ग्लेनेग भन्ने क्षेत्रमा जानेछ जुन अहिलेको ठाउँभन्दा ८ किलोमिटर टाढा छ । त्यहाँ गएर क्युरोसिटीले मंगल ग्रहको वातावरण कसरी बदलिएको छ ? भन्ने कुराको अध्ययन गर्नेछ ।

0 comments:

Post a Comment