Thursday, July 18, 2013

डेढ दर्जन बढी नेपाल सरकारको वेभसाइट ह्याकरको कब्जामा..


नेपाल सरकारले अनलाइन कति बुझेको छ । डाटा सुरक्षाको उपाय कति अपनाएको छ भन्ने कुराको उदाहरण बेलाबेलामा हुने ह्याकबाट पनि पुष्टि हुने गरेकै हो । अहिले पनि सरकारा डेढ दर्जन भन्दा बढी वेवसाइटहरु ह्याक भएको छ ।

विभिन्न देशका ह्याकरहरुले गएराती वेभसाईट ह्याक गरेका हुन् । नेपाल सरकार उद्योग मन्त्रालयको www.moi.gov.np वेवसाईट ह्याक गरेर साउदी अरेवियाका ह्याकरहरुले नेपाललाई गाली गरेका छन् । उनीहरुले साइबर सुरक्षामा चुनौती दिंदै धार्मिक प्रचार समेत गरेका छन् । यस्तै स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा , उद्योग विभाग , भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र लगायतका वेभसाईट ह्याक भएका छन् ।

0 comments:

Post a Comment