|
|
माथिको बक्समा क्लिक गरि भिडियो हेर्नुहोस
स्विडेनमा एक यस्तो उपकरणको आविष्कार भएको छ जसले मानिसको सरीरबाट निस्केको पसिनालाई शुद्धिकरण गरी पिउन योग्य पानी बनाउनेछ ।
यो उपकरणले पसिनाले भिजेका कपडाबाट पसिना शोषण गरी त्यसबाट नुन तथा अन्य पदार्थ छानेर पिउनयोग्य पानी छुट्टाइदिन्छ ।
यो उपकरणले पसिनाले भिजेका कपडालाई घुमाएर तथा तताएर त्यसबाट पसिना निकालिदिन्छ । पसिनाबाट निस्केको वाफलाई पातलो झिल्लीबाट प्रसार गराई पानीका अणुमात्र छुट्टाइन्छ ।
गएको सोमबार यो उपकरण सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको दिनमै झण्डै १ हजार जनालाई मानिसको सरीरबाट निस्किएको पसिनाबाट निकालिएको पानी खुवाइयो ।
यो उपकरण संयुक्त राष्ट्रसंघीय संस्था युनिसेफको एक अभियानका लागि तयार पारिएको हो । यो उपकरणबाट सन्देश दिन खोजिएको कुरा के भने विश्वमा अहिले पनि ७८ करोड मानिसको शुद्ध पानीमा पहुँच छैन । इन्जिनियर आन्दि्रयास ह्यामरले यो मेसिनको आविष्कार गरेका हुन् । उनका अनुसार यो उपकरणमा मेम्ब्रेन डिस्टिलेसन विधिको प्रयोग गरिन्छ । एक व्यक्तिको एकपटकमा कपडा भिज्नेगरी निस्केको पसिनाबाट १० मिलिलिटर अर्थात् एकपटक कुल्ला गर्न पुग्नेजति पानी निकाल्न सकिने बताइएको छ ।

0 comments:
Post a Comment