|
|
झापामा प्रहरीले होटल र गेस्ट हाउसहरूमा छापा मारी ४ जोडीलाई नियन्त्रणमा लिएको छ । झापाको दमक आसपास क्षेत्रका होटल तथा गेष्ट हाउसहरूमा बढ्दै गएको वेश्यावृत्तिलाई नियन्त्रण गर्न प्रहरीले बुधबार दमकका होटल र लजमा छापा मारी ४ जोडीलाई नियन्त्रण लिएको हो । समातिएका जोडीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी बताएको छ । दमकको प्रिन्स होटल, ढावा होटललगायतका होटल तथा गेस्ट हाउसहरूबाट ती जोडी पक्राउ परेका हुन् । उनिहरुको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। |
|






0 comments:
Post a Comment