Wednesday, July 24, 2013

मातृका यादवकी छोरी एवं साहकी पूर्वपत्नी संगीतादेवी यादवको नेतृत्वको समूहले एमाओवादी नेतामाथि छुरा प्रहार..

मात्रिका यादवका छोराछोरी प्रहरी खोरमा
पूर्वश्रीमान् एवं एमाओवादी नेतामाथि छुरा प्रहार

काठमाडौं ।  एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य दिलिप साहमाथि बुधबार छुरा प्रहार भएको छ । नेकपा (माओवादी)का संयोजक मातृका यादवकी छोरी एवं साहकी पूर्वपत्नी संगीतादेवी यादवको नेतृत्वको समूहले सिरहा कटहरीस्थित आफ्नै घरमा बसिरहेका अवस्थामा साहमाथि छुरा हानेका हुन् ।
टाउकोमा चोट लागेका साहको स्थानीय नर्सिङ होममा उपचार भइरहेको वाइसीएलका केन्द्रीय सदस्य चन्द्रेश्वर यादवले जानकारी दिनुभयो । मात्रिकाकी छोरी संगीता र छोरा अमर यादवलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरुले प्रयोग गरेको गाडी स्थानीयले तोडफोड गरेका छन् । साहमाथि आक्रमणमा संलग्न केही व्यक्ति फरार रहेको र उनीहरुसँग माउजरसमेत रहेको दाबी एमाओवादी कार्यकर्ताहरुले गरेका छन् ।
मात्रिकाका ज्वाइँ-छोरी साह र संगीतावीच केही वर्ष पहिले सम्वन्धविच्छेद भएको थियो । तर, अहिले पनि कटहरीको घरको विषयलाई लिएर सिराहा जिल्ला अदालतमा अंश मुद्दा चलिरहेको छ ।
पहिले एमाओवादी छाडेर ससुरासँगै मात्रिका यादवको पार्टीमा पार्टीमा लागेका ज्वाइँ दिलिप पेरिसडाँडामा प्रचण्डका टीका लगाएर एमाओवादीमा फर्केका हुन् ।

0 comments:

Post a Comment