Sunday, July 7, 2013

सेनामा भयो भ्रष्टाचार, १५ हजारको जुत्ता ९६ रुपैयाँमा..


२४ असार । नेपाली सेनाका लागि चीनबाट भित्र्याईको सामान आयात वितरणभन्दा निकै कम परिमाणमा भेटिएको छ । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएका स्लिपिङ व्याग कम परिमाणमा भेटिएको हो । विभागले शंकास्पद अवस्थामा २२ वटा कन्टेनर अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

स्रोतका अनुसार नियन्त्रणमा लिएका २२ मध्ये ६ वटा कन्टेनरमा सेनाले खरिद गरेका सामान थिए । काठमाण्डौंको शेर्पा ब्रदरहुड सप्लायसएले तातोपानी भन्सार हुँदै काठमाण्डौं ल्याएका ती कन्टेनरलाई विभागले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । यसबारे राजस्व अनुसन्धान विभागका अधिकारीले अर्थमन्त्री शंकर कोइरालाको ध्यानाकर्षण गराउँदा उनले सेनाको विषय संवेदनशील भएको भन्दै घटना गोप्य राख्न निर्देशन दिएको स्रोतको दाबी छ । यस सम्बन्धमा विभागले गोप्य रुपमा अनुसन्धान गरिरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यससम्बन्धी फाइल भन्सार विभागबाट झिकाएर अनुसन्धान गरिरहेको छ ।

१५ हजारको जुत्ता ९६ रुपैयाँ

तातोपानी भन्सार कार्यालयले नेपाली खुद्रा बजारमा करिब १५ हजार पर्ने ट्रेकिङ जुक्तालाई प्रतिजोर १.०५ अमेरिकी डलर (९६ रुपैयाँ) र बजारमा झन्डै दुई हजार पर्ने जुत्तालाई प्रतिजोर ०.६५ अमेरिकी डलर (६२ रुपैयाँ) को विजक बनाएको पाइएको छ । कर छल्लने उद्देश्यले कम मूल्यको प्रज्ञापनपत्र तयार गरिएको अन्नपूर्ण पोष्टमा खबर छ ।

विभागले नियन्त्रणमा लिएका २२ मध्ये अधिकांश कन्टेनरमा कम मूल्यको प्रज्ञापनपत्र भएका सामान भेटिएको स्रोतले बतायो । काठमाण्डौं दर्लामी ट्रेड सेन्टरले बालबालिकाका लागि भनेर आयात गरेको आठसय जोर जुत्तामा तातोपानी भन्सार कार्यालयको प्रज्ञापनपत्र दर्ता नम्बर ११२३७ अनुसार प्रतिजोर १.०५ डलरले भन्सार शुल्क बुझाइएको छ ।

0 comments:

Post a Comment