Saturday, July 20, 2013

रोपारलार्इ यौन शोषण गर्न खोजेको आरोपमा एक पक्राउ..

भिडियो हेर्न माथिको बक्सम क्लिक गर्नुहोस


साउन ५ – धान रोप्न आएका महिला श्रमिकलाई नसालु पदार्थ खुवाएर यौन शोषण गर्न खोजेको आरोपमा कपिलबस्तुमा एक जना पक्राउ परेका छन् ।
यौन शोषण गर्न खानामा मिसाएर नशालु पदार्थ खुवाउन खोजेको उजुरीको आधारमा महाराजगञ्ज गाविस १ का असलम खाँलाई प्रहरीले पक्राउ गरेको हो ।
आफुहरुलाई जबर्जस्ती यौन शोषण गर्न खोजेको, खानामा नसालु चक्की मिलाएर खुवाएको भन्दै ९ जना महिला श्रमिकले प्रहरीमा उजुरी दिएका थिए । आफुहरुमध्ये एक जनालाई जबर्जस्ती गर्न लागेको बेला आफुहरुले थाहा पाएपछि खाँले छोडेको श्रमिक महिलाहरुले बताएका छन् ।
शिवपुर गाविस हल्लानगरका महिला कामदारलाई खाँले खेत रोपाइका लागि एक हप्ताअघि ल्याएका थिए । दैनिक ३ सय ५० रुपैयाँ दिने भनेर काममा ल्याएपनि ३ सय रुपैयाँ मात्रै दिएको र यौन शोषण पनि गर्न खोजेको श्रमिक महिला सृजना सुनारले बताउनुभयो ।
‘हामीलाई श्रम शोषण त गरिएकै छ भने अर्को तिर यौन शोषण पनि हुन थालेपछि हामी कसरी काम गर्न सक्छौं’ उहाँले भन्नुभयो ‘दोषीलाई कडा कारवाही हुनुपर्छ ।’ घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताउनुभयो ।

0 comments:

Post a Comment