Monday, July 1, 2013

अफगानिस्तानमा आत्मघाती बम आक्रमणमा परि , चार नेपालीको मृत्यु..

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 


१८ असार, काठमाण्डौ । अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा परी चार नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । मंगलवार विहान अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परी चार नेपाली सुरक्षा गार्डको मृत्यु भएको काबुलका प्रहरी प्रमुख महोम्मद आयुब सलाङीको भनाई उदृत गर्दै बीबीसीले जनाएको छ । विष्फोटक पदार्थले भरिएको ट्रक विष्फोट हुँदा चार नेपाली सहित सात जनाको मृत्यु भएको हो । मृतक नेपाली सुरक्षा गार्डहरूको पहिचान खुल्न नसकेको बीबीसीले जनाएको छ ।

0 comments:

Post a Comment