Tuesday, July 2, 2013

यस्ती चुलबुले छिन् साहरुख खानकी नयाँ हिरोइन ...


 
बलिउड नायक साहरुख खानसँग चलचित्रमा अभिनय गर्ने नायिका पक्कै पनि भाग्यमानी हुन्छन् । बलिउड वादशाहसँग पहिलो पटक चलचित्रमा अभिनय गरेर दीपिका पादुकोण, अनुष्का शर्मा जस्ता नायिकाले भाग्य चम्काइसकेका छन् । साहरुखसँग अभिनय गर्ने नायिकाको सिने करिअर चाडै नै उचाइमा पुग्ने गर्दछ । किनकी साहरुख अभिनित सिनेमा र कलाकारको चर्चा बलिउडमा सर्वाधिक हुने गर्दछ ।यसैक्रममा फराहा खानको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘ह्याप्पी न्यू इयर’का लागि पनि नायिकाको खोजी भैरहेको थियो । मिडियामा ऐश्वर्या राय देखि कटि्रना कैफसम्मको नामले चर्चा पाएको थियो ।तर भारतिय संचारमाध्यका अनुसार चलचित्रका लागि नयाँ अनुहार पक्का भएको बताइएको छ । ‘ह्याप्पी न्यू इयर’मा ‘सरस्वती चन्द्र’ नामक सिरियलमा अभिनय गरिरहेकी जेनिफर विनकेट पक्का भएको बताइएको छ । सबै कुरा मिलेको खण्डमा चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ ।





















जेनिफरले विभिन्न सिरियलमा अभिनय गरेर आफ्नो कला देखाइसकेकी छिन् । यसैले पनि उनका लागि साहरुख खानको डि्रम प्रोजेक्टमा काम गर्न पाउनु ठूलो सफलता हुने देखिन्छ ।

0 comments:

Post a Comment