|
|
काठमाडौं, २२ असार। निर्वाचन फोटोसिहतको मतदाता नामावली संकलनका लागि दुई वर्षदेखि करौडौ रुपैयाँ खर्चेर प्रचार प्रसार गर्दै आएको छ। आयोगमा अहिलेसम्म सवा करोड नेपाली फोटो सहितको मतदाता सूचीमा दर्ता भएका छन। तर त्यो सूचीमा अहिलेसम्म नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको नाम छैन। आयोगले असार समान्तसम्म मतदाता नामावली संकलनको अन्तिम मिति तोकेर निर्वाचन कार्यक्रम सार्वजनिक गरेको आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ।अमेरिकाको न्युयोर्कमा स्वास्थ्य परीक्षण सकेर कार्यकर्ता भेटघाटमा रहेका कोइरालालाई त्यहीका कार्यकर्ताले विहिबार फोटो सहितको मतदाता सूचीमा नाम दर्ता गरेनगरेको सोधेपछि आफू छुटेको थाहा पाएर उनी झस्किएका छन।
|
|






0 comments:
Post a Comment