|
|
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
धनुषा जिल्लाको रमदैया गाविसस्थित राजदेवी मन्दिरका पुजारी ४५ वर्षीय रामपुकार यादवले झारफुकको निहुँमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको रहस्य खुलेको छ । यही असार १८ गते भएको उक्त बलात्कारको घटना आज सार्वजनिक भएको हो ।
स्थानीय सपही गाविस–४ बस्ने ती बालिकालाई पेट दुखेपछि झारफुकका लागि सो मन्दिरका पुजारीकहाँ उनकी आमाले पुर्याएको र पुजारीले आमालाई झारफुकका लागि सामान किन्न पठाएर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पछि झारफुकको सामान लिएर त्यहाँ आएपछि घटनाबारे आमाले थाहा पाएर होहल्ला गरेपछि पुजारी भागेका थिए ।
गम्भीर अवस्थामा बालिकालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । आक्रोसित स्थानीयवासीले पुजारी यादवले झारफुकको नाममा पटकपटक यस्तो कार्य गर्दै आएकाले पुजारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
फरार पुजारीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment