|
|
भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
रोल्पामा एक घरपरिवारले बोक्सीको आरोपमा छोरीलाई मानसिक यातना दिदै आएको रहस्य खुलेको छ । धवाङ-१ की १६ वर्षीय संगीता सुनारलाई बोक्सीको आरोपमा आफ्नै आमा बुवा तथा मामाले बोक्सीको मानसिक यातना दिदै आएको पीडित संगिताले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
३ वर्ष अगाडिदेखि अस्वस्थ रहँदै आएकी संगितालाई स्थानिय झाक्रि भनिने स्थानिय बिरबहादुर घर्तीले बोक्सी बिद्या सिक्दै गरेको आरोप समेत लगाएको र त्यसैको आडमा आमाबुवा लगायत अन्य छिमेकीहरुले कुटपिट तथा मानसिक तनाव दिने गरेको पीडित बालिकाले वताएकी छिन् । ८ कक्षा उत्तीर्ण गरेकी यी संगिताले आफुलाई बोक्सीको आरोप लगाएपछि स्कुल जानपछि छोडेको गुनासो गर्नुभएको छ । कुटपटिमा संलग्नहरु मध्ये पीडितका मामा तिलकराम परियारले पन्ध्र सय औषधी उपचारको लागि दिदै घटनालाई मिलाइएको छ ।
पीडितको निबेदनको आधारमा घर परिवार र आफन्तलाई महिला बिकास कार्यालयको रोहबारमा छलफल गराएर माफि मगाइएको प्रहरीले बताएको छ । यस्तै घर परिवारले पनि अबदेखि त्यस्तो व्यवहार नगर्ने र छोरीलाई पढाउने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले बोक्सी बिद्या सिक्दै गरेको आरोप लगाउने झाक्रीलाई पक्राउ गर्ने जनाएको छ ।

0 comments:
Post a Comment