Wednesday, July 3, 2013

चुनाव वहिस्कार गर्ने माओवादीको निर्णय आत्मघाती’...


काठमाडौं । प्रमुख दलका नेताहरुले संविधानसभाको निर्वाचन बहिस्कार गर्ने नेकपा-माओवादीको निर्णय आत्मघाती भएको बताएका छन् । उनीहरुले निर्णय फिर्ता लिएर चुनावमा आउन आग्रह गरेका छन् ।
एमाले नेता भरतमोहन अधिकारीले चुनाव बहिस्कार गर्ने माओवादी निर्णयपछि मंसिर ४ को घोषित मितिमा निर्वाचन नहुने हो कि भन्ने आशंका बढेको भन्दै निर्णय फिर्ता लिन आग्रह गर्नुभयो । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा नेता अधिकारीले बैद्य माओवादीको माग पुरा गरेर निर्वाचनमा ल्याउन चार दल र सरकार लचिलो हुनु पर्ने बताउनु भयो । आवश्यक परे मन्त्रिपरिषद अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजीनामा, राजनीतिक समिति परिमार्जन र सभासदको संख्या ६०१ बनाउन पनि लचिलो हुनु पर्ने उहाको भनाई छ ।
एमाओवादी नेता वर्षमान पुनः अनन्तले निर्वाचन विथोल्ने नेकपा-माओवादीका निर्णय आत्मघाती हुने भन्दै त्यसमा पुर्नविचार गर्न सुझाव दिनुभयो । बैद्यलाई पनि निर्वाचनमा ल्याउनु पर्ने भन्दै उहाँले जनयुद्वको जगमा जनविद्रोह अहिले सम्भव नरहेको स्पष्ट पार्नुभयो ।
कांग्रेस नेता डा. प्रकाशशरण महतले चुनावबाट निकास निकाल्नेमा नेकपा-माओवादी बाहेकका दलहरु सहमतिमा रहेको जानकारी दिदै बैद्यलाई पनि निर्वाचनमा ल्याउन लचक भएर प्रयत्न गर्नु पर्ने बताउनु भयो ।
राप्रपाका नेता डा. प्रकासचन्द्र लोहनीले सबै पक्ष सहभागि हुने वातावरण नबनाई जवरजस्ती गरिने निर्वाचनले संविधानसभाको बैद्यानिकतामै प्रश्न उठने भन्दै सबै पक्षलाई निर्वाचनमा ल्याउन प्रयत्न गर्न आग्रह गर्नुभयो । उच्चस्तरीय राजीतिक समितिको खारेजी, प्रधानन्यायाधीश पदबाट राजीनामा गर्नु पर्ने भन्दै उहाँले त्यसो गरे मोहन बैद्य समूहलाई निर्वाचन बहिस्कार गर्न अप्ठ्यारो पर्ने बताउनु भयो ।

0 comments:

Post a Comment