Wednesday, July 3, 2013

फर्पिङको पावरहावसमा रुपा र कुशलको माया एसरी जोडिदा...


 
‘सागरभन्दा गहिरो हामी बिचको माया, झुमिरहुँ जस्तो लाग्छ तिम्रै दायाँ बायाँ’ भन्दै कलाकार कुशल थापा नायिका रुपा खनालको वरपर नाचिरहदा माहोल निक्कै सुन्दर देखिएको थियो ।काठमाण्डौ भन्दा केही किलोमिटर पर रहेको फर्पिङ जलविद्युत पावर हावसको छेउमै कुशल र रुपा अंगालोमा वाधिएका हुन् । कुशललाई जवाफ फर्काउँदै रुपाले ‘कति माया गर्छौ मलाई मैले पनि बुझेकी छु’ भन्दै गीत गाइन् र खुशी हुँदै नाचिन् ।यि दुइलाई नृत्य निर्देशक प्रदिप श्रेष्ठले नाँच्न सिकाउँदै थिए । विजय विक्रम बस्नेतको निर्देशनमा संचारकर्मी कुमार आचार्यले निर्माण गरिरहेको यो चलचित्रको गीतमा विकास चौधरीले संगीत भरेका छन् । चलचित्रमा नव कलाकार वीरेन डीसी, अनु शाह, आरपी भट्टराइको पनि अभिनय छ । सानु कुमार महर्जनको द्वन्द्व, कुमार श्रेष्ठको छायांकन रहेको यो चलचित्रको गीतमा पुरुषोत्तम बस्नेत, दिपेश गौतम, अनिल खड्काको शब्द छ । चलचित्रको यूनिट गीतको छायांकनसँगै सर्लाही जाने बताइएको छ । चलचित्रको छायांकन ३० दिनमा सक्ने योजना निर्माणपक्षको छ ।

0 comments:

Post a Comment