|
|
भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
काठमाण्डौं १९ असार, । बालाजुका बालकृष्ण केसीले ६ महिनामा क्यासिनोमा पौने तीन करोड हारे । पुख्र्यौली सम्पत्ति सिध्याएपछि उनले तीन बर्षअघि क्यासिनोलाई मसानघाटको नाम दिएर जान छाडे । तर, क्यासिनोमा जुवा खेल्दा लिएको ऋणले उनलाई अझै तनाव छ ।
‘अझै पनि लगानीकर्ताले दुःख दिइरहेका छन्,’ केसी भन्छन् ‘क्यासिनो त मसानघाट हो, क्यासिनोले मेरो जिन्दगी सिध्यायो ।’ क्यासिनोमा उनले एकै दिनमा २० लाख रुपैयाँसम्म हारेको नयाँ पत्रिकामा खबर छ । क्यासिनोमा हारेको मात्र नभएर लगानीकर्ताको व्याज तिर्दा आफ्नो धेरै रकम गुमेको उनको भनाई छ । केसी मात्र होइन, सयौं नेपाली क्यासिनोको लतमा घरबारबिहीन भएका छन् ।
क्यासिनोमा हारेको सँगै सापट लिएको ऋणको व्याज तिर्दातिर्दै उनीहरु कंगाल बन्ने गरेका छन् । लगानीकर्ताले एक लाख रुपैयाँको दैनिक व्याज आठहजार रुपैयाँसम्म लिने गरेका छन् ।
क्यासिनोमा घरजग्गा गुमाउने मात्र नभई लगानी गर्नेहरुको संख्या पनि ठूलो छ । क्यासिनोमा पैसा लगायने बलराम सापकोटाले रोयल क्यासिनोमा सेयर नै हालिसकेका छन् । क्यासिनोमा लगानी गरेरै उनले करोडौं कमाएको भन्दै उनीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सबै सम्पत्ति रोक्का राखी छानबिन थालिसकेको छ ।

0 comments:
Post a Comment